धरानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

धरानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सुकुम्बासी टोलबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय युवराज लिम्बू, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रूपेश राई छन् । उनीहरूलाई मंगलबार साँझ ७ बजेतिर ट्रामाडोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेटसहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानम...
धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी

धरानमा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-८ मा पार्किङ गरेर राखिएका ६ वटा  बसमा आगलागी भएको छ । अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट को १ ख ६२७४, प्र १-०१-००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्णरूपमा जलेका छन् । को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको सुनसरी प...
सुनसरी–१ मा हर्क साम्पाङ विजयी

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

विराटनगर । सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका साम्पाङ ३५ हजार ७४१ मत ल्याएर ल्याएर विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । साम्पाङले तामाङभन्दा ८ हजार ४९२ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १...
निर्वाचनलाई प्रभावित पार्नेगरि अफवाह फैलाएको आरोपमा सुनसरीबाट युवक पक्राउ

निर्वाचनलाई प्रभावित पार्नेगरि अफवाह फैलाएको आरोपमा सुनसरीबाट युवक पक्राउ

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरि सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर छन् । उनले रामचन्द्र ठाकुर नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनका विषयमा झुट्टा अफवाह र भिडियोहरू शेयर गरेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौंको प्राविधिक सहयोगमा ...
सुनसरीको बर्जुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

सुनसरीको बर्जुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा ट्रकले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-१० का १६ वर्षीय कुन्दन पौदारको मृत्यु भएको हो । आइतबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका पौदारलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार इनरुवा-१० क...
धरानबाट ८७ किलो गाँजासहित दुई जना पक्राउ

धरानबाट ८७ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट ८७ किलो गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका-११ का २४ वर्षीय रोशन सुवेदी र भोजपुरको हतुवागढी गाउँपालिका-३ का २२ वर्षीय सुवास राई छन् । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ००९६ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ...
सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी भगवती चौधरीले चुनावी अभियानलाई तीब्र बनाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चौधरीले मतदातासँग भेटघाट गरिरहेकी छन् । उनले आफूले गर्न नसक्ने झुटो आश्वासन नदिने, अरु उम्मेदवारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर सुशासनका लागि लड्ने प्रतिबद्धता जनाएकी छन् । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा...
रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विकास निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनको दायरामा बाँधेर काम गराउने नीति लिएको बताएका छन् । आज इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो नीति ठेकेदारलाई डोरीले बाँध्ने होइन, कानुनले बाँध्ने हो । कानुनभन्दा माथि कोही पनि छैन, त्यसैले कानुन...
आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले देशमा उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । आज सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले बोर्डर पारीको तरकारी खानुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले काम गर्ने उल्लेख गरे । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम, दमकको चिया’, उनले भने, ‘ख...
धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुँदै

धरानमा एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता हुँदै

विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते  ६० जना भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता प्रतियोगिता हुने भएको हो । आयोजक एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहने छ । जसबाट प्रतियोगितालाई...
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ ट्रान्सपोर्ट नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का ४२ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो । विराटनगरबाट इटहरी चोकतर्फ जाँदै गरेको मधेश प्र ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ५ः१० ठक्कर दिएको थियो । दुर्घ...
सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

धरान । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन प्रचार-प्रसार समितिमार्फत सार्वजनिक गरिएको योजनामार्फत धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकालाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले सुनसरी-१ मा युवा नेता टीका...
सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-५ बाट प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा-१० का २५ वर्षीय आजाद मिया छन् । प्रहरीका अनुसार मंगलबार मिया इनरुवा-५ स्थित सब्जी बजारमा किनमेलका लागि गएका थिए । उनले दिएको पाँच सय रुपैयाँको नेपाली नोट नक्कली भएको शङ्का लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको ...
इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । आज साँझ प्र १-०२-००२ ख ५९२ नम्बरको ट्रकले ठक्कर दिँदा भएका मोरङ सुन्दरहरैँचा-५ का ४० वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ट्रक चालक तेह्रथुमका दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरानबाट ९५५ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा, दुई जना पक्राउ

धरानबाट ९५५ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा, दुई जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० वरडाँडाबाट प्रहरीले ९ सय ५५ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको छ । आज बिहानको राति करिब २ः१० बजे चेकजाँचका क्रममा गाँजा बरामद भएसँगै प्रहरीले दुबै गाडीका चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कोहल्वी नगरपालिका-८ का २८ वर्षीय सन्दीप कुमार माझी र काठमाडौंको चन्द्रागिरी नगरपालिका-८ का ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ रहेका सुनसरीका...
आगामी पाँच वर्षमा परिणाम देखिने गरी काम गर्छु : उम्मेदवार चौधरी

आगामी पाँच वर्षमा परिणाम देखिने गरी काम गर्छु : उम्मेदवार चौधरी

सुनसरी । नेकपा एमालेबाट सुनसरी-३ बाट उम्मेदवार बनेकी भगवती चौधरीले आगामी पाँच वर्षभित्र देश, निर्वाचन क्षेत्र र जनताको हितमा ठोस परिणाम दिने प्रतिबद्धता व्यक्त गरेकी छन् । संविधानअनुसार जनप्रतिनिधिको जिम्मेवारी पूरा गर्दै विकास, सुशासन र समावेशितालाई केन्द्रमा राखेर काम गर्ने उनले बताइन् । उम्मेदवार चौधरीले राष्ट्रिय तहमा कानुन निर्माणलाई पहिलो प्राथमिकता दिने बताउँदै नयाँ ऐन निर्माण, आवश्यक सं...
सुनसरीबाट २८ हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीबाट २८ हजार नक्कली नोटसहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट २८ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-१० का २५ वर्षीय बहिस मियाँ छन् । बुधबार राति हरिनगरा गाउँपालिका-१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा उनले नक्कली नोट दिएको सूचना प्रहरीलाई पुगेको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले एक हजार दरका २८ वटा नोटसहित उनलाई पक्राउ गरेको हो । चेकचाँज गर्दा उनको साथबाट उक्त नक्कली रकम फेला परेको स...
सुनसरीबाट ब्राउन सुगर बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

सुनसरीबाट ब्राउन सुगर बरामद, धनकुटाका दुईसहित तीन जना पक्राउ

विराटनगर ।  सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । कोशी गाउँपालिका-१ भन्सार कार्यालय छेउबाट सप्तरीको सप्तकोशी नगरपालिका-१ का २४ वर्षीय ईश्वर प्रसाद भगत ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै भोक्राहा नरसिंह गाउ...
चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस उपाधि राईलाई

धरान । कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न चिभास इस्टर्न गल्फ टुर्नामेन्टको ग्रस तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । धरान स्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ग्रसतर्फको उपाधि राईले जितेका हुन् । पदम हाङ्ग लिम्बु ग्रसतर्फको उपविजेता बने । नेटतर्फ सोम गुरुङ प्रथम, भुवन घिमिरे द्वितीय र  प्रतापजङ्ग थापा तृतीय भए । महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान...
कोशी माविका प्रधानाध्यापक विद्यालय समयमै रक्सी भट्टीमा भेटिएपछि…

कोशी माविका प्रधानाध्यापक विद्यालय समयमै रक्सी भट्टीमा भेटिएपछि…

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यालय समय र पोशाकमै रक्सी भट्टीमा भेटिएका छन् । सोमबार दिउँसो २ः२१ बजे बराहक्षेत्र-३ बीचपानेको एक होटलमा रक्सी पिउँदै गरेको अवस्थामा प्रधानाध्यापक बालकृष्ण अधिकारीलाई अभिभावकले भेटेका हुन् । एक अभिभावकले रक्सी खाँदै गरेको भिडियो बनाएपछि प्रधानाध्यापक अधिकारी होटलबाट बाहिर निक्लिएर मोटरसाइकल स्टार्ट गरेर ...
सुनसरीको इनरुवाबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ

सुनसरीको इनरुवाबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका-६ भोटेपुलबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई प्रहरीले रोक्न खोजेको थियो । तर चालक साजनले नरोकी भागेपछि इनरुवा-४ बाट प्रहरीले अटो नियन्त्रणमा लिएको थियो । अटोमा चेकजाँच गर्दा ९९ किलो एक ग्राम गाँजा ...
इटहरीमा खुकुरी देखाएर आतङ्क मच्चाउने युवक लागूऔषधसहित पक्राउ

इटहरीमा खुकुरी देखाएर आतङ्क मच्चाउने युवक लागूऔषधसहित पक्राउ

सुनसरी । सुनसरीमा खुकुरी देखाएर आतङ्क मच्चाउने युवक लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१९ मौलियाका १८ वर्षीय अविनाश चौधरी छन् । सोही स्थानमा खुकुरी देखाएर गाउँमा आतङ्क फैलाएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा उनको साथबाट एक थान खुकुरी र चार सय ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएस...
धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

धरानमा चिभास इस्टर्न गल्फ टुर्नामेन्ट हुँदै

विराटनगर । सुनसरीको धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ हुने भएको छ । धरानस्थित गल्फ कोर्समा १ सय २० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने भएको हो । कोशी प्रदेश गल्फ संघको आयोजनामा माघ १६ र १७ गते प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष सुयश प्याकुरेलले गल्फ खेलको दीर्घकालीन विकास, पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रति...
धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

धरानबाट गाँजासहित धनकुटाकी मनमाया पक्राउ, मोटरसाइकल चालकको खोजी हुँदै

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२ चिनियाँ चोकबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको चौबिसे गाउँपालिका-७ की ३३ वर्षीया मनमाया लिम्बुलाई पक्राउ गरेको हो । बुधबार दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि प्र १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइकल पछाडि सवार लिम्बुले बोकेको झोला चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम गाँजा फेल...
सुनसरीबाट ३५ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ३५ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको गढी गाउँपालिका-६ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका-२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले दुवै जनालाई बुढीखोला नजिकबाट पक्राउ गरेको हो । विराटनगरबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा २७ प १७६६ नम्बरको मोटरसाइक...
सुनसरी–१ बाट हर्क साम्पाङले गराए मनोनयन दर्ता

सुनसरी–१ बाट हर्क साम्पाङले गराए मनोनयन दर्ता

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् । धरानको मेयरबाट राजिनामा दिएका साम्पाङल समर्थकहरूसहित आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनी २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको  मेयर निर्वाचित भएका थिए ।
धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, यी हुन १२ घाइते

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, यी हुन १२ घाइते

विराटनगर । सुनसरीको धरानमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनुषा जिल्ला जनकपुर नगरपालिका-१ का १८ महिनाका रिसबकुमार मण्डल र महोत्तरी गैंडावेदपुरा-८ का ३१ वर्षीय धौरियकुमार यादवको मृत्यु भएको हो । यस्तै झापाको मेचीनगर-५ का १९ वर्षीय नैन थापामगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का २० वर्षीय उमेश राई  र धरान उपमहान...
धरानका मेयर साम्पाङले दिए राजीनामा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । उनले आजको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । साम्पाङसँगै धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् । उनलाई नेकप...
सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीको बर्जुबाट बाँस झ्याङमा लुकाएको ५ सय ५४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ हरबनीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार पाँच सय ५४ किलो गाँजा बरामद गरेको हो । बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त गाँजा भा...
सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सुनसरीको भोक्राहामा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-८ स्थित सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको हो । दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गु...
धरानमा खुकुरी प्रहार गरेर एक जनाको हत्या

धरानमा खुकुरी प्रहार गरेर एक जनाको हत्या

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-११ स्थित पुण्य मार्गमा धारिलो हतियार खुकुरी प्रहार गरेर एक जनाको हत्या भएको छ । मंगलबार साँझ ६ः३० बजेतिर स्थानीय ३५ वर्षीय रूपक राईको हत्या भएको हो । इलाका प्रहरी कार्यालय धरानमा डीएसपी भीषण राईका अनुसार खुकुरी प्रहारबाट रूपकको ज्यान गएको उनले बताए हो । ३३ वर्षीय रविन राईले खुकुरी प्रहार गर्दा रूपकको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि...
error: Content is protected !!