संगालोखबर संवाददाता


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ ले बाँसबाट विभिन्न सामग्री बनाउने तालिम सम्पन्न गरेको छ । घरेलु कार्यालय धनकुटाले वडा कार्यालय सँगको समन्वयमा तालिम दिएको हो ।

तालिममा दुई महिला र ८ पुरुष गरी १० जना सहभागी भएका थिए । उनीहरूलाई मुढा, बाँसको कुर्सी, ¥याक, उपहार सामग्री लगायत बनाउन सिकाएको घरेलु कार्यालय धनकुटाका कम्प्युटर अपरेटर अर्जुन गिरीले जानकारी दिए ।

Advertisement

आर्थिक उपार्जनमा सहयोग पुग्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको उनले बताए । आफूले सिकेको सीपलाई उपयोग गरेर स्वरोजगार बन्ने तालिमका सहभागीहरूले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!