धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट स्थायी लेखा नम्बर वितरण सुरु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ । गाउँपालिकाले आजबाट औपचारिकरूपमा स्थायी लेखा नम्बर दर्ता तथा वितरण सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले साँगुरीगढी-६ बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक इवाहाङलाई स्थायी लेखा नम्बर हस्तान्तरण गर्दै यसको शुभारम्भ गरेका हुन्...































