धनकुटामा विद्यार्थी लक्षित लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना अभियान
धनकुटा । लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि धनकुटा नगरपालिका-१० मा अवस्थित उत्तरपानी बहुप्राविधिक शिक्षालयमा सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा आज विद्यार्थीहरूलाई लक्षित गर्दै सचेतना कार्यक्रम गरिएको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीहरूल...






























