पहिरोले खोटाङका १० परिवार विस्थापित

पहिरोले खोटाङका १० परिवार विस्थापित

खोटाङ । गत बुधबार र बिहीबार दुई दिन परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका १० परिवार विस्थापित भएका छन् । पहिरोले घरमा क्षति पुर्याउदा ऐसेलुखर्क, रावावेसी लगायत क्षेत्रका १० परिवारका ५० जना मानिस विस्थापित भएका हुन् । प्रहरीका अनुसार ऐसेलुखर्क गाउँपालिका-४ का प्रेमबहादुर राई, सोमप्रसाद तामाङ, सुरेश तामाङ, कर्णबहादुर गिरी, मुगाधन राई, कन्याराज तामाङ, माचिन तामाङ र जुनुकुमार...
खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो । खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला...
बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङका युवक पक्राउ

खोटाङ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय शम्भुधन राईलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईले पछिल्लो पटक २०८० फागुन ८ गते बिहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङमा चट्याङले तीनजना घाइते

खोटाङ । चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीनजना गम्भीर घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस, दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा र टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको छ । सुरुमा बेहोस भएका उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको...
पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नागी नजिक जंगलमा तुवाचुङडाँडाबाट झरेको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो । पहिरोले यातायात अवरुद्ध भएको हलेसी तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष कमल गिरीले बताए । तीनवटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनले बताए । उक्त ठाउँमा करिब ५० मिटर सडकमा पहिरो थुप्रिएको छ । सडक अवरुद्ध भएपछि एक सयभन्दा बढी सवारी सा...
खोटाङमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

खोटाङमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको छ । उक्त नगरपालिकाको वडा ३ मा पर्ने च्यास्मिटारस्थित बाङमाका गइन्द्र राईका ६ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको हिजो साँझ सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार घरदेखि केही पर भुतियाखोला नजिकै बनाइएको सिँचाइ पोखरीमा डुबिरहेको अवस्थामा उनीहरूलाई स्थानीय बासिन्दाले देखेर खबर गरेका थिए । तत...
लामीडाँडा विमानस्थलः ४८ वर्षसम्म कच्चीमा नियमित उडान, कालोपत्रेपछि रोकियो

लामीडाँडा विमानस्थलः ४८ वर्षसम्म कच्चीमा नियमित उडान, कालोपत्रेपछि रोकियो

खोटाङ । लामीडाँडा विमानस्थलमा २०७६ असार ३ गते समिट एयरको नाइन एन–एएम्जी विमान मार्फत परीक्षण उडान गरियो । त्यसपछि हालसम्म एउटा पनि उडान हुन सकेको छैन । खोटाङको सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थल ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र भएको थियो ।  नियमित उडान गर्ने भनिएपनि कालोपत्रेपछि गरिएको परीक्षण उडानबाहेक अन्य उडान तथा अवतरण हुन सकेको छैन । तत्कालीन सांसद विशाल भट्टराईले...
खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङमा झाडापखालाले बालकको मृत्यु

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका चार वर्षीय दिप्सन भुजेलको झाडा पखालाले मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा आज अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई केही दिन अघिदेखि नै झाडापखाला लागेको भए पनि उपचारका लागि ढिलो गरी अस्पताल पुर्याइएको जनाइएको छ । याम्खामा अरु केही व्यक्तिमा पनि झाडापखालाको समस्या रहेको जनाइएको छ ।
खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङ । खोटाङको विश्वज्योति उच्च माध्यमिक विद्यालयकी शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा परेर मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे विद्यालय जाँदैगर्दा बाटोमा पहिरोले पुरिएर शिक्षक मगरको मृत्यु भएको हो । रावाँबेसी गाउँपालिका–३ वडा कार्यालय छेउमा पहिरो जाँदा नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बालिका बलात्कारका दोषी कारागार चलान

बालिका बलात्कारका दोषी कारागार चलान

खोटाङ । खोटाङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरी फरार भएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले पक्राउ गरेको हो । २०७२ माघ १८ गते राति १४ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धान र बहस पैरवीपछि जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते उनलाई कैद...
खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

विराटनगर । मोरङ र खोटाङमा खोलामा डुबेर दुईजना वृद्धाको मृत्यु भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखु खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बजारबाट फर्कने क्रममा मेखु खोलामा आएको भेलले बगाएर उनी बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो । यसैगरी, विराटनगर महानगरपालिका–१ स...
बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

खोटाङ । खोटाङको रावाबेसीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  नेपालीले ती युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्...
६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

खोटाङ । ६ वर्षीया बालिका बलात्कारमा दोषी ठहरिएका एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३२ वर्षीय नवीन राई पक्राउ परेका हुन् । सर्वाेच्च अदालतले २०८० भदौ २५ गते दोषी ठहर गरी ९ वर्ष ४ महिना २३ दिन कैद सुनाएका राईलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । उनलाई साउन ४ गते सुनसरी धरान उपमहानगरपालिका–११ बाट पक्राउ गरी ५ गते दिक्तेल ल्याइएको थियो । आइतबार जि...
बलात्कार अभियोगमा खोटाङका युवक ललितपुरमा पक्राउ

बलात्कार अभियोगमा खोटाङका युवक ललितपुरमा पक्राउ

खोटाङ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट खोटाङ घर भएका एकजना पक्राउ परेका छन् । लतिलपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ, केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नरबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाइनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको स...
खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

खोटाङ । भोजपुरबाट खोटाङको दिक्तेल जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ मा आज अपराह्न दुर्घटना हुँदा त्यसमा सवार स्थानीय २१ वर्षीय जीवन देउजाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका सहचालक घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै ट्याक्टर चालक फरा...
बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

खोटाङ । महिलालाई बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ६२ वर्षीय बलवीर राईलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २६ गते स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक राजु निरौलाका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दिक्तेल पठाइएको छ । आरोपी राईलाई पनि जिल्ला प्रहरी का...
खोटाङका अधिकांश ग्रामीण सडक क्षतिग्रस्त

खोटाङका अधिकांश ग्रामीण सडक क्षतिग्रस्त

खोटाङ । अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकहरु क्षतिग्रस्त बनेका छन् । भलबाढी र पहिरोका कारण ती सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । बराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाको कच्ची सडक हिलाम्य भएपछि सञ्चालन हुन सकेको छैन । केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकालगायतका ग्रामीण क्षेत्रमा पनि बाटो हिलाम्य हुँदा याता...
बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । बलात्कार घटनाको विरोध...
पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

पहिरो खसेपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडकमा पहिरो खसेको छ । गएराति खसेको पहिरोका कारण उक्त सडक भएर सवारी साधनहरु आउजाउ गर्न सकेका छैनन् । साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ । खोटाङबा...
छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ

खोटाङ । १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा खोटाङका एकजना शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारबाट बालिका गर्भवती भएको थाहा पाएपछि पीडित पक्षका तर्फबाट घटनाबारे जानकारी गराइएको थियो । त्यसकै आधारमा हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारको घटना सुरुमा गुपचुप रहेको तर बालिका गर्भवती भएपछि सोधीखोजी गर्द...
एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

विराटनगर । यो वर्षको एईईमा कोशी प्रदेशका सहित विभिन्न १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार इलामका २, खोटाङका ३ र भोजपुरका एकजना विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यसैगरी, दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । रौतहटका १, महोत्तरीका ...
खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

विराटनगर । खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरापमा पक्राउ परेकामध्ये ६ जनालाई थुनामा पठाइएको छ । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत ट्राफिक प्रहरी जवान गत जेठ ३ गते हत्या भएको थियो । हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जनामध्ये ६ जनालाई थुनामा पठाइएको हो । एकजना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम...
खोटाङको रावा बेँसी पालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने

खोटाङको रावा बेँसी पालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने

खोटाङ । खोटाङको रावा बेँसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने जानकारी दिएका हुन् । अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । उक्त कार्यक्रमलाई गाउँप...
खोटाङमा बन्दुकसहित एकजना पक्राउ

खोटाङमा बन्दुकसहित एकजना पक्राउ

खोटाङ । खोटाङको रावावेंशी गाउँपालिका–६ का ४५ वर्षीय दिलबहादुर राईलाई एउटा भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जाल्पास्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई बिहिवार अपराह्न पक्राउ गरेको हो । राईले गोठमा लुकाएर राखेको भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका राईबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

ललितपुरमा भएको दुर्घटनामा खोटाङका युवकसहित दुईजनाको मृत्यु

विराटनगर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा खोटाङका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै साधनका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खोटाङको सोकला घर भइ ललितपुरको लुभुमा बस्दै आएका २६ वर्षीय लोकेश राई र काठमाडौंका २१ वर्षीय आयुष श्रेष्ठ छन् । शुक्रबार राति भएको दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका...
बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

खोटाङ । बुवाको हत्या गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिकाका ४२ वर्षीय टिकाराम राईलाई पक्राउ गरेको छ । बुवाको मृत्यु भएको भन्दै दाहसंस्कार समेत गरिसकेको अवस्थामा हत्या भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादका क्रममा कुटपिट गरी साकेला गाउँपालिका–२ रतन्छाका टिकारामले ७१ वर्षका बुवा कृष्णकुमार राईको हत्या गरेको सूचना प्रहरीले पाएको थियो । खोटाङका प्रहरी नायव उपरीक्षक (डी...
खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

विराटनगर । खोटाङ घर भएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय लिएर बस्ने २१ वर्षीय आइते भन्ने सचि...
खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङका अग्निपीडितका लागि राजनीतिक दलले जुटाए राहत

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका अग्निपीडितको सहयोगका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि मिलेर राहत रकम जुटाएका छन् । विभिन्न सात राजनीतिक दलका स्थानीय समितिका पदाधिकारी मिलेर दुई लाख रुपैयाँभन्दा बढी रकम जुटाइएको हो । २३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपैयाँ संकलन गरिएको पार्टीका स्थानीय कमिटीले जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा डढेलो र आगलागीबाट स्थानीय बासिन्दाका ५...
खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

खोटाङका पुरूष काठमाडौंको सुकेधारामा मृत भेटिए

विराटनगर । काठमाडौं महानगरपालिका–४ सुकेधारामा खोटाङका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा आज बिहान भेटिएका हुन् । नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । गिरीका आफन्त सम्पर्कमा आए...
रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

रक क्लाइम्बिङ अभ्यासका क्रममा खोटाङमा युवकको मृत्यु

विराटनगर । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा हिजो साँझ रक क्लाइम्बिङ गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सिकिस्त घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करिब ३२ मिटर उचाइको मझुवाभी...
हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

हलेसी, बराहक्षेत्र र पाथीभरा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने

विराटनगर । कोशी प्रदेशका तीन प्रमुख धार्मिकस्थलहरुलाई जोड्ने गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने भएको छ । कोशी प्रदेश सरकारले यो कामलाई प्राथमिकतामा राखेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खोटाङको हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङस्थित पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका हुन् । हलेसीमा हिजो हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका ती तीन महत्वपूर्ण...
error: Content is protected !!