संगालोखबर

इलाम । इलाम नगरपालिका-९ मा रहेको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान छ । जिल्लावासीले विमानस्थल नियमित सञ्चालन हुनपर्ने माग गरिरहेपनि नियमित उडान हुन सकेको छैन ।

Advertisement

यो विमानस्थलमा गत आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भएको थियो । तर अहिले विमानस्थल जहाज उडानको पर्खाइमा छ । गत जेठ यता कुनै पनि उडान हुन सकेको छैन । यो विमानस्थलमा २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जाहाजले गरेको परीक्षण उडान सफल भएको थियो । सुरुमा तारा एयरले बुधबार र शनिबार गरी सातामा दुई दिन उडान गर्ने गरेको थियो ।

नगरपालिकाले इलामबाट काठमाडौँ फर्कँदा जहाजको सिट खाली भए त्यसको भाडा व्यहोर्ने सम्झौता गरेको थियो । सो सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ माघ १ गतेदेखि सोही तालिकामा इलाम-काठमाडौँ उडान गरेको थियो । त्यसपछि नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता गरेको छैन । नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान गर्दै आएको थियो ।

तर अहिले मौसमका कारण नियमित उडान हुन नसकेको विमानस्थलले जनाएको छ । कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालन हुन नसकिरहेका बेला यसको दीर्घकालीन समाधानका लागि इलामवासीले आवाज उठाइरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!