
विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश लगाय बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली भइरहेको छ । त
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने तथा केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी प्रदेशका पहाड र तराइ साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराइ क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

संगालोखबर 













