धनकुटा क्याम्पसमा अनेरास्ववियुले युवा तिम्सिनालाई अध्यक्षमा उठाउने

धनकुटा क्याम्पसमा अनेरास्ववियुले युवा तिम्सिनालाई अध्यक्षमा उठाउने

धनकुटा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस इकाइले स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा युवा तिम्सिनालाई उम्मेदवार बनाउने भएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा हालका कोषाध्यक्ष समेत रहेका तिम्सिनालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै सचिवमा टेकेन्द्र सापकोटा (कुमार) र कोषाध्यक्षमा विनिता राईले उम्मेदवारी दिने छन् । पछिल्लो समय ...
तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

तेह्रथुम बहुमुखी क्याम्पसको दुईतले भवन उद्‌घाटन

धनकुटा । तेह्रथुम बहुमुखी क्याम्पसको नवनिर्मित दुईतले भवनको उद्‌घाटन गरिएको छ ।  आठराई स्थित चुहानडाँडामा निर्माण गरिएको भवनको  विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै उपकुलपति प्रा.डा बरालले दूरदराजमा रहेको क्याम्पसको दिगो स्थायित्वको लागि त्रिविले योजना बनाउने बताए । उनले भौतिक तथा शैक्षिक विकासको लागि विश्वविद्यालयले प्राथमिकता दिएर सध...
एमाले मोरङको निर्वाचन : अझै सुरु भएन मतगणना

एमाले मोरङको निर्वाचन : अझै सुरु भएन मतगणना

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएपनि मतगणना सुरु हुन सकेको छैन । आज बिहानबाटै पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुने भनिएपनि अहिलेसम्म सुरु हुन नसकेको हो । १० औ अधिवेशन अन्तर्गत बुधबार साँझ नै मतदान सम्पन्न भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार मतगणनाको तयारी हुँदैछ । ‘मतगणना सुरु भएको छैन’, श्रेष्ठले संगालोखबरसँग भने, ‘सर्वपक्षी...
धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ

सुनसरी । सुनसरीको धरान-२० चिमफुले खोलामा गोली चलाएर प्रहरीले दुई सय २५ किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति तीन राउन्ड हवाइ फायर गरेर गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका व्यक्तिलाई रो...
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार नौ सय रुपैयाँले बढेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको...
एमाले मोरङ निर्वाचन : पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना हुने

एमाले मोरङ निर्वाचन : पार्टी कार्यालयमा बिहीबार बिहानबाट मतगणना हुने

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । निर्वाचन अधिकृत डिल्लीराम घिमिरेका अनुसार निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । नौ सय ११ जना प्रतिनिधि भएपनि आठ सय ८८ जनाले मतदान गरेका उनले बताए । विराटनगर स्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना विराटनगर स्थित पार्टी कार्यालयमा बिहीबार बिहानबाट सुरु हुने छ । अध्यक्षमा राजकुमार ओझा र अजम्बर राई, उपाध्यक्षमा शान्ति लिम्बू ...
विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराट गाेल्डकप : आर्मीसँग घरेलु टाेली माेरङ पराजित

विराटनगर । त्रिभुवन आर्मी क्लब विराट गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगलाशामा भएकाे पहिलाे क्वाटरफाइनल खेलमा घरेलु टाेली माेरङलाई १-० गाेल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे हाे । पहिलाे हाफकाे ३७ औं मिनेटमा निरज चाैधरीले गरेकाे गाेल नै आर्मीका लागि निर्णायक बन्याे । खेलकाे म्यान अफ द म्याच आर्मीका गाेल किपर विकेश कुथु घाेषित भए । माेरङ उद्घ...
विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज त्रिभुवन आर्मी र घरेलु टोली मोरङबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ । पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङबीच प्रतिस्पर्धा हुने छ । मोरङ उद्‌घाटन खेलमा पाहुना टोली साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । मङ्गलबार भएको खेलमा एपीएफले जित निकालेको थियो । पाहुना टोली सुभेदा दिल्ली फुटबल क्लबलाई ट्राइबेकरमा ५-...
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्म एक सय ७४ मत खसेको छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी चुनावी मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज...
विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराट गोल्डकप: दिल्लीलाई हराउँदै एपीएफको विजयी सुरुवात

विराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलबार राती भएको खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५-३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनल पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइबेकरबाट गरिएको हो । टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ ...
एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

एमाले मोरङ अधिवेशन : २ बजेका लागि सारियो मतदान 

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो । शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ । पाँच पदाधिकारीसहित एक सय ६...
दुई हजार किलो गाँजा बरामद

दुई हजार किलो गाँजा बरामद

विराटनगर । राजविराज नगरपालिका-९ स्थित बाबा भुतनाथ मन्दिर नजिकैबाट प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । स्थानीय एक घरमा गोदाम बनाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो । सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार एक सय बढी बोरामा पोको बनाएर राखेको अवस्थामा गाँजा फेला परेको छ । गोदाममा शङ्कास्पद सामग्री अनलोड गरेको देखेपछि चेकजाँच गर्दा गाँजा भेटिएको एसपी खतिवडाले जानकारी दिए । गोद...
विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगरबाट भन्सार छलीको सामानसहित भारतीय ट्रक नियन्त्रणमा

विराटनगर । विराटनगरबाट भन्सार छलीको सामानसहित प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर-१८ आइसिपी रोडबाट यूपी ८७९१८१ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यको सामान रहेको सूचना प्रहरीले पाएको थियो । मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो । ट्रकसहित ४५ लाख मूल्य...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो । आज च...
विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराट गोल्डकप : आज दिल्ली र एपीएफबीच प्रतिस्पर्धा हुने

विराटनगर । रात्रिकालीन विराट गोल्डकपमा आज पाहुना टोली शुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ । सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक रिजाल मोरङको एफसीले विजयी सुरुवात गरेका छ । पाहुना टोली भारतको साउर्थन समिति कोलकातालाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । यो सँगै मोरङ क्वार्टर फाइनलम...
एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले मोरङको नेतृत्व चयनका लागि आज मतदान हुँदै

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु हुने छ । प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव नभएपछि आज मतदान हुन लागेको हो । शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी भएपनि विवाद बढेपछि अधिवेशन लम्बिएको हो । अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा र...
विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराट गाेल्डकप : उद्घाटन खेलमा आयाेजक माेरङ विजयी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा आयाेजक रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै माेरङ विजयी भएकाे हाे । सहिद रंगशालामा भएकाे खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । यस्तै ४६ औं मिनेटमा पेनाल्टी सुटआउटमा दाेर्जे तामाङ र खेलकाे ८९ औं मिनेटमा म...
विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराट गोल्डकप : पहिलाे हाप माेरङ र काेलकाताबीच दुई-दुई गाेलकाे बराबरी

विराटनगर । रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलकाे पहिलाे हापमा आयाेजक रिजालकाे माेरङ एफसी र भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकाताबीच दुई/दुई गाेलकाे बराबरी भएकाे छ । सहिद रंगशालामा जारी खेलकाे पहिलाे हापमा माेरङका लागि अभिषेक गुरूङले ११ औं  मिनेटमा गाेल गर्दै सुरूवाती अग्रता बनाएका थिए । लगत्तै १३ औं मिनेटमा काेलकत्ताका लागि सुदिप्त हाल्डेनले गाेल गर्दै खेल बराबरीमा ल्याए । ३८ औं मिनेट...
उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

उदयपुर र झापाबाट लागूऔषधसहित ६ जना पक्राउ

विराटनगर । उदयपुर र झापाबाट प्रतिबन्धित लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चौदण्डीगढी नगरपालिका-७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय  निशान मगरलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूका साथबाट ट्रामाडोल एक सय २० चक्की र स्पास...
मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी 

विराटनगर । मोरङको उर्लाबारीमा सुनचाँदी पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका-४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले सञ्चालन गर्दै आएको न्यु पाथीभरा ज्वेलर्समा चोरी भएको हो । प्रहरीले चोरी भएको जानकारी आज बिहान १० बजेतिर पाएको थियो । प्रहरीले आइतबार राति ज्वेलर्समा जोरी भएको अनुमान गरेको छ । मोरङ प्रहरीका अनुसार २५ किलो चाँदीका गहना, दुई तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चो...
संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका-९ स्थित सालघारीमा आइतबार राति आफैँ अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार प्युठान सोमद्धार नगरपालिका-१ का २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको प्रदेश १-०२-०५३ प ८१४७ नम्बरको  मोटरसाइकल दुर्घटनामा परेको हो । ...
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा उर्लाबारीकी देवानसहित दुई जना पक्राउ

पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा उर्लाबारीकी देवानसहित दुई जना पक्राउ

विराटनगर । पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपति खत्री पक्राउ परेका हुन् । भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै तीन जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले एक जना पी...
एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

एमाले मोरङ अधिवेशन : कार्यतालिका भन्दा ढिलो मतदाता नामावली प्रकाशन

विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन प्रक्रिया पूर्व निर्धारित समयभन्दा ढिलो सुरु भएको छ । आज बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भनिएपनि त्यसको करिब चार घण्टापछि मात्रै नामावली प्रकाशन गरिएको हो । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा नौ सय ११ जना प्रतिनिधि कायम गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोग...
आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

आज विराटनगरको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने अनुमान

विराटनगर । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विराटनगरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । यस्तै जनकपुरको पनि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा म...
आज पनि सुनचाँदीको मूल्य स्थिर 

आज पनि सुनचाँदीको मूल्य स्थिर 

विराटनगर । आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि नै यही मूल्यमा सुन कारोबार भइरहेको छ । बिहीबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो । आज चाँदीक...
प्रथम कोशी खेलकुद महोत्सव : महिला फुटबलको उपाधि झापालाई

प्रथम कोशी खेलकुद महोत्सव : महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । आइतबार विराटनगर स्थित सहिद रङ्गशालामा सम्पन्न प्रतियोगितामा पाँचथरलाई ३-० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । खेलको सुरुवात देखिनै पाँचथर माथि हाबी भएको झापाले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णि...
उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

उद्‌घाटन खेलमा आज रिजालको मोरङ र भारतको साउथर्नबीच प्रतिस्पर्धा हुने

विराटनगर । विराटनगरको ऐतिहासिक रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आजबाट सुरु हुँदैछ । सहिद रङ्गशालामा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच प्रतिस्पर्धा हुने छ । ‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्न...
सेयर बजार ६ महिनायताकै उच्च, कारोबार पनि बढ्यो 

सेयर बजार ६ महिनायताकै उच्च, कारोबार पनि बढ्यो 

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ ।  आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको हो । गत मङ्गलबार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज उच्च अङ्कले बढेको हो । यो गत भदौ ९ गतेयताकै उच्च विन्दुमा पुगेको हो । भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ विन्दुमा थियो । नेप...
अर्पण स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मानित

अर्पण स्कुलको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारी सम्मानित

विराटनगर । विराटनगर-४ राजवंशी चोकमा अवस्थित अर्पण अङ्ग्रेजी स्कुलले २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार स्कुल प्राङ्गणमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नाटकसहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास...
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी

विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको प्राविधिक र स्टोर शाखामा आगलागी भएको छ । अहिले केहीबेर अघि सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको छ । लिखुपिके-३ काफ्लेचौरका रुद्रबहादुर खत्रीको घर भाडामा लिएर गाउँपालिकाले प्राविधिक र स्टोर शाखा सञ्चालन गरेको थियो । ढुंगा माटो प्रयोग गरेर र टिनको छानो लगाएर बनाइएको दुई तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी भएपनि विद्य...
सहिद भीमनारायण गोल्डकप चैत्र १७ गतेदेखि

सहिद भीमनारायण गोल्डकप चैत्र १७ गतेदेखि

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण आगामी चैत्र १७ गतेबाट सुरु हुने भएको छ । धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ । भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा आठ टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्दा करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका संयोजक शम्भु प्रधान...
error: Content is protected !!