नोवेल अस्पतालको पार्किङबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ
विराटनगर । मोटरसाइकल चोरीको आरोपमा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर-४ नोवेल अस्पतालमा पार्किङ गरेर राखिएको मोटरसाइकल लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
विराटनगर-३ का १८ वर्षीय निकपाल यादव र १८ वर्षीय जितेन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति ८ बजे को २३ प ६१७६ र प्रदेश १-०२-०४४ प १९ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अव...





























