सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार इटहरी उपमहानगरपालिका-५ हिरा होटल अगाडि पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्षको मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । कम्मर र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए...
झापामा १६ सय किलो गाँजासहित दुई जना पक्राउ

झापामा १६ सय किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । झापामा एक हजार ६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई वटा ट्रकसहित धनकुटाको सहिदभूमि गाउँपालिका-४ का महेश राई र इलामको माईजोगमाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । इलामबाट झापातर्फ आउँदै गर्दा को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई शुक्रबार नियन्त्रणम...
धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना

धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना

धनकुटा । धनकुटामा डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा सचेतना सप्ताह कार्यक्रम गरिएको हो । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएपछि सचेतना कार्यक्रम गरिएको वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिए । डढेलो रोकथामका लागि प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गर...
खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

विराटनगर । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर केपिलासगढी गाउँपालिका-७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पानी परेपछि बिहान करिब ४ः३० बजे महिला आँगनमा राखेको सामान उठाउन गएकी थिइन् । सोही क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगर । विराटनगर-९ ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर-१२ का २६ वर्षीय देवानन्द अधिकारीले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले २० लाखको लगानीमा डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् । भारतको पञ्जाब टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकाङ्क्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको बताए । सुरुवाती चरणमा २० लाखबाट सुर...
सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

धनकुटा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भएको बताएका छन् । आज काँग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले धनकुटामा आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रतिको निराशा काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताए । देशमा अप्ठ्यारो पर्दा र हरेक परिवर्तनमा काँग्रेसको भूमिका महत्वपूर्ण ...
हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई चैत ६ गते प्रहरीले पक्राउ गरेको हो । संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम कुमार लामिछानेका अनुसार गाउँघरमै लुकेर बसेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वक...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैया...
धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ त्रिवेणी घाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सहिदभूमि-१ का ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन् । बिहीबार दिउँसो पोखरेतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट एक सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गर...
विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगर । विराटनगरमा ढाका महोत्सव २०८१ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, महिला उद्यम विकास समितिकाे आयाेजनामा आजबाट महाेत्सव सुरू भएकाे हाे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाेत्सवकाे उद्घाटन गरे । जैन भवनमा सुरू भएकाे महाेत्सवमा प्रदेश भित्रका ३० वटा ढाका उद्योगका स्टल राखिएकाे छ । मुख्यमन्त्री कार्कीले प्रदेशकाे ढाका उद्योगलाई प्राेत्साहन गर्न आवश्यक ब...
यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण बुझाउन सहकारी संस्थालाई पत्राचार गरेको छ । नगरपालिकाभित्र सञ्चालित २३ वटा सहकारीले समयमा आवश्यक विवरण नबुझाएकाले निश्चित समय तोकेर विवरण बुझाउन आग्रह गरिएको हो । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा जरिवानासहित आवश्यक विवरण बुझाउन भनेको छ । सो समयमा पनि विवरण नबुझाएको खण्डमा संस्था खारेजीको प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत ...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बुधबार मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-४ का ४३ वर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० वर्षीय सुशील मोतेलाई लागू...
मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना 

मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना 

विराटनगर । मकवानपुरमा ग्यास बुलेट र ट्रक ठोक्किएर दुर्घटना भएको छ । हेटौडा उपमहानगरपालिका-८ स्थित पूर्वपश्चिम सडक खण्डमा आज बिहान भारतीय ग्यास बुलेट र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्याम अर्यालका अनुसार वीरगन्जबाट धार्के आउँदै गरेको एनएल ०१ एए ५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशातर्फ जाँदै गरेको ग १ ख ९४८१ नम्बरको ट्रक ठोक्क...
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज रातिबाट अन्त्य हुँदै

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज रातिबाट अन्त्य हुँदै

विराटनगर । कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

विराटनगर । सुनको मूल्य स्थिर रहेको छ । दुई दिनसम्म नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ । सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बुधबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको चाँ...
महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टलाई ४३ मतान्तरले पराजित गर्दै यादव स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । क्रान्तिकारीका यादवले १११८ मत ल्याएर निर्वाचित हुँदा नेविसंघका विष्टले १ हजार ७५ मत पाएका छन् । अनेरास्ववियुका अनि...
ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो । बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहे...
उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो । शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थान...
उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो । गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारका क्रममा...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटा नगरपालिका-७ जिरोपोइन्टबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ट्रामोल दुई सय पाँच क्याप्सुल, स्पास्मो एक सय २५ चक्की र डिकोलिक ५...
जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् । उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा  झुण्डिएको अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोल...
सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

सांसद शर्माले दर्ता गराए स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले ‘सार्वजनिक महत्वको प्रस्ताव’  प्रतिनिधिसभामा दर्ता गराएका छन् । सबै नागरिकका लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधीउपचारसम्बन्धी उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने मागसहित सांसद शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको...
स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

स्वास्थ्य र वातावरण जोगाउन विद्युतीय चुलो प्रयोग गर्नुपर्नेमा जोड

विराटनगर । स्वास्थ्य र वातावरण जोगाउन तथा स्वदेशी ऊर्जा खपत गर्न विद्युतीय चुलो महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । विराटनगरमा आयोजित विद्युतीय चुलो प्रवर्द्धन विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यसबारे विस्तृत छलफल गरेका छन् । नेपालमा विद्युतीय चुलोको दिगो बजार विकास परियोजना, नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) लगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले विद्युती...
सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मङ्गलबार एक हजार एक सय रुपैयाँ बढेको सुनको मूल्यले आज प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चा...
प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज राउत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह-छात्रा प्रमुखमा भावना गुरुङ...
मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

मोरङको धनपालथानमा आगलागीमा परेर बालिकाको मृत्यु, १३ घर जलेर नष्ट

विराटनगर । मोरङको धनपालथाल गाउँपालिका–६ स्थित कदमाहाको बस्तीमा आगलागी हुँदा जलेर एक जना बालिकाको मृत्यु भएको छ । आगोले १३ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परी स्थानीय अनित मियाँकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पाँच वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरि...
देशभर आज स्ववियु निर्वाचन हुँदै

देशभर आज स्ववियु निर्वाचन हुँदै

विराटनगर । देशभर आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय मातहत ६४ वटा आङ्गिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमध्ये दुई वटा आङ्गिक र ८५ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचन भइसकेको छ । विवादका कारण कतिपय क्याम्प...
विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो । चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
error: Content is protected !!