विराटनगरको एभरेष्ट स्कुलमा कविता लेखन कार्यशाला
विराटनगर । विराटनगर-५ मा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा दुई दिने कविता लेखन तथा वाचन कार्यशाला भएको छ । बिहीबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागि थिए ।
प्राध्यापक डा. देवी नेपालले सहजिकरण गरेको कार्यशालामा विद्यार्थीहरूलाई आफैँ कविता लेख्न र विभिन्न भाकामा वाचन गर्ने अभ्यास गराइएको छ । विभिन्न छन्द र लयमा कविता वाचन गर्ने क्षम...

























