भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-५ होमताङमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक करिब २६ वर्षीय सञ्जीव राई र हतुवागडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख करिब ५० वर्षीय जयकुमार राई घाइते भएका छन् ।
घाइतेमध्ये जयकुमारको अवस्था गम्भीर रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । आज बिहान प्रदेश १-०२-००१ झ ०७३७ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भएर सडकबाट ...































