इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

इटहरीमा जनप्रतिनिधि र  कर्मचारीबीच किन भयो विवाद ?

विराटनगर । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । शुक्रबार उपमेयर सङ्गीता चौधरीसहित वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि कर्मचारी आन्दोलित भएका हुन् । आज केहीसमय आन्दोलन गरेर कर्मचारीहरू काममा फर्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार जनप्रतिनिधिहरूले प्रशासन शाखा प्रमुखलाई थर्काएको विषयलाई लिएर कर्मचारीहरू आन्दोलि...
पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

पहिचान पक्षधरद्वारा अनिश्चितकालीन यातायात बन्दको घोषणा

विराटनगर । पहिचान पक्षधरले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गर्ने उनीहरूले घोषणा गरेका हुन् । उनीहरूले विभिन्न मागसहित अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । चन्द्र ढक...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइयो 

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं पठाइएको छ । आज उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । झडपमा गम्भीर घाइते भएका धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अन...
विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगरबाट हराएका पाँच बालबालिकाको उद्धार

विराटनगर । विराटनगरबाट हराएका पाँच जना बालबालिकाको उद्धार गरिएको छ । शनिबार तीन जना बालक र दुई जना बालिकालाई बिहारबाट उद्धार गरेर विराटनगर ल्याइएको हो । सात देखि १७ वर्ष उमेर समूहका उनीहरूमध्ये दुई जना एक वर्ष अघि र तीन जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरूको घर विराटनगर १, ८, १४ र १९ नम्बर वडामा पर्छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरूलाई राष्ट्र...
ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

ताप्लेजुङ झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी भएको छ । शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटर माथिको क्षेत्रमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको हो । झडपमा २६ जना घाइते भएका छन् । जसमा २१ जना सुरक्षाकर्मी र पाँच जना आन्दोलनकारी छन् । आन्दोलनरत पक्षले प्रहरीले पाँच जनालाई गोली हानेको दाबी छ । गोली लागेका मध्ये तीन जनाको अवस्था ...
आठौं संस्करणको विराट एक्स्पो सुरु

आठौं संस्करणको विराट एक्स्पो सुरु

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौं विराट एक्स्पो सुरु भएको छ । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्‌घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो । आजबाट सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानसहित चार देशका दुई सय ६८ स्टल रहेका छन् । मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, संघ प्रदेश र स्थानीय तहका करका दर...
सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

सङ्खुवासभामा बोलेरो दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । सङ्खुवासभामा बोलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान मकालु गाउँपालिका-५ रानी ढुङ्गा स्थित कोशी राजमार्गमा नुमबाट खाँदबारीतर्फ जाँदै गरेको ग १ ज ४९७३ नम्बरको बोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर-५ का २४ वर्षीय जीवन अधिकारी र बोलेरो चालक खाँदबारी नगरपालिका-११ का २९ वर्षीय कविराज श्रेष्ठ घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाए...
अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शिल्ला श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै दुई विधामा प्रतिस्पर्धा गरेर दुई स्वर्ण पदक जितेकी हुन् । प्रशिक्षक सागर राउतका अनुसार उनले जुनियर कुमुते विधाको ३५ किलो तौल समुह र काता विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।
इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलामबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

इलाम । इलाममा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । रोङ गाउँपालिका-४ बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । बिहीबार प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुर्याेदय नगरपालिका-८ का ३१ वर्षीय मुस्कान तामाङ र सुर्याेदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङ पक्राउ प...
विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगरसहित तराइका जिल्लामा शीतलहर, जनजीवन प्रभावित

विराटनगर । बाक्लो हुस्सु र शीतलहरले विराटनगरको जनजीवन प्रभावित भएको छ । आज बिहानै देखिको शीतलहरले जनजीवन प्रभावित भएको हो । विगत केही दिनदेखि हुस्सु र कुहिरो लागेपनि आजबाट शीतलहर सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले तराई मधेसका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर ...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबार चार सय रुपैयाँले घटेको सुन आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार आठ ...
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण 

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् । त्यसैगरी सदस्यमा नम्रता न्यौपाने, एलिसा ...
धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

धनकुटा । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा-७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् । सदैझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खे...
धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटाको लेगुवामा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवा स्थित राम बजारमा अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख आनन्द डङ्गोल नेतृत्वको टोलीले अनुगमन गरेको हो । किराना पसल, होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा म्याद नागेका खाद्य तथा पेय पदार्थ भेटिएको थिए । नौ हजार नौ सय ६४ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएको छ । ...
धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-७ बाट प्रतिबन्धित लागूऔषधसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा –७ का २१ वर्षीय किरण राई रहेका छन् । उनको साथबाट लागूऔषध ट्रामाडोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला परेको थियो । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ...
विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगरमा मापदण्डविपरीत रात्रिकालीन व्यवसाय सञ्चालन

विराटनगर । विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । रात्रिकालीन सञ्चालन हुने होटल, गीत-गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा यस्तो पाइएको हो । अनुगमनका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर-२ का अ...
विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर 

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय मोरङको  आयोजना तथा नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम तथा मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । आजबाट शिविरको पहिलो दिन विराटेश्वरमा ४७ जनाको स्वास...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनकुटा । धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज दिउँसो पाख्रीबास नगरपालिका-३ मा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् । सङ्खुवासभा तर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ७४५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-०५० प ६१०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा ७४५ नम्बरको मोटरसाइकलका चालक सङ्खुवासभ...
२०८१ माघ १० गते बिहीबार/आजको राशिफल

२०८१ माघ १० गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ माघ १० गते बिहीबार ई.सं.२०२५ जनवरी २३ नेपाल सम्वत् ११४५ पोहेलागा नवमी, कालोयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण नवमी, चन्द्रमा तुला राशिमा, विशाखानक्षत्र,गण्डयोग, गरकरण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ०५ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपन...
धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटामा ७३ वर्षीया वृद्धाको साथबाट यसरी लुटियो वृद्धभत्ता (भिडियोसहित)

धनकुटा । धनकुटा बजारमा दिउँसै लुटपाट भएको छ । धनकुटाको हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि बुधबार दिउँसो करिब १२ बजे ७३ वर्षीया वृद्धा रत्नमाया तामाङको साथबाट करिब डेढ लाख नगद लुटिएको हो । धनकुटा नगरपालिका-१० घर भएकी वृद्धा तामाङ मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट वृद्धभत्ता निकालेर बजारतिर जाँदै गर्दा लुटिएकी हुन् । वृद्धा तामाङका अनुसार उनले तीन महिनाको वृद्धभत्ता बापत प्राप्त भएको १२ हजार पैसा...
गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्छ : डा. कोइराला

गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्छ : डा. कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको समेत बताए । बताउनु भएको छ । सरकारले संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई गम्भीरतापू...
मोरङको सुनवर्षीमा नालीमा डुबेको अवस्थामा पुरुषको शव फेला

मोरङको सुनवर्षीमा नालीमा डुबेको अवस्थामा पुरुषको शव फेला

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ काजीजान टोलमा एक पुरुषको शव फेला परेको छ । आज बिहान सुनवर्षी–६ का अन्दाजी ५५ वर्षीय कात्तिकलाल सुतिहारको शव नालीमा डुबेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार आज बिहान शव भेटिएको भनेर साढे आठ बजेतिर खबर आएको थियो । घटनास्थलमा साइकल पनि भेटिएकाले मंगलबार राति घर जाने क्रममा चिप्लिएर नालीमा झरेको हु...
मोरङको रङ्गेलीमा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी

मोरङको रङ्गेलीमा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी

विराटनगर । मोरङको रङ्गेली नगरपालिकामा कृषि फार्मभित्र राखिएको स्काभेटरमा आगलागी भएको छ । रंगेली-२ जलिया टोलमा इष्टर्न स्टार कृषि फार्मभित्र राखिएको बा ३ क ३५९६ नम्बरको स्काभेटरमा आगलागी भएको हो । आज बिहान करिब ६ बजेको समयमा स्काभेटरमा आगलागी भएको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए । आगो लागेको विषयमा स्काभेटरका मालिक यशोदा राईले जानकारी गराएपछि प्रहरीको ट...
सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार एक सय बढेको सुनको मूल्य आज एक हजार नौ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक् लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक ह...
भोजपुरको अरुण गाउँपालिकामा बुधबार शोक बिदा

भोजपुरको अरुण गाउँपालिकामा बुधबार शोक बिदा

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले पूर्व वडाध्यक्षको निधनमा शोक बिदा दिएको छ । वडा नम्बर-५ याकुका पूर्व वडाध्यक्ष तथा विश्वप्रेमी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ध्यानबहादुर राईको निधन भएपछि गाउँपालिकाले बुधबार शोक बिदा दिएको हो । आज गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एक सूचना जारी गर्दै राईको निधन प्रति सिङ्गो गाउँपालिका नै स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । बुधबार अत्यावश्य...
नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा 

नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा 

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि भित्र्याएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक नोबेलले ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको बताइएको छ । उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापीको उपकरण ‘एडीजीइ’ ल्याएर नोबेलले सेवा सुरु गरेको हो...
विराटनगर जुनियर जेसीजको टेस्टी-टेस्टी हाजिरी जवाफ माघ ९ देखि

विराटनगर जुनियर जेसीजको टेस्टी-टेस्टी हाजिरी जवाफ माघ ९ देखि

विराटनगर । विराटनगर जुनियर जेसीजले २९ औं संस्करणको टेस्टी-टेस्टी हाजिरी जवाफ  प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रम माघ ९ गते देखि ११ गते सम्म हाटखोला स्थित आरोहण गुरुकुलमा संचालन हुने छ । कार्यक्रममा १८  वटा स्कुल सहभागी हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार र तेस्रो पाँच हजार राखिएको छ ।
बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो । बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अ...
अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुनसरीको इटहरीका आयुश कटवालले दुई स्वर्ण पदक जितेका छन् । यू-१८ उमेर समूह र कुमुते विधाको ४५ किलो तौल समुहमा प्रतिस्पर्धा गरेर उनले दुई स्वर्ण पदक जितेका हुन् ।  नेपालको प्रतिनिधित्व गर्दै उमेर समूह र कुमुते विधामा प्रतिस्पर्धा गरेर उनले स्वर्ण पदक जितेका प्रशिक्षक सागर राउतले जानकारी दिए । 
तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुममा भेटियो शंकास्पद बस्तु

तेह्रथुम । तेह्रथुममा शंकास्पद बस्तु भेटिएको छ । म्याङ्लुङ नगरपालिका-१ डाँडागाउँमा चन्द्र जोशीको बारीमा शंकास्पद बस्तु भेटिएको हो । सोमबार दिउँसो स्थानीय चन्द्र जोशीको बारीमा प्लाष्टिकले बेरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता प्रमोद खड्काले जानकारी दिए । ‘धनकुटाको हिलेबाट सोमबार नै सेनाको टोली आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘शंकास्पद बस्तुको डिस्प...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आ...
error: Content is protected !!