जेनजी आन्दोलनमा ‘विध्वंस’ मच्चाउनेहरूविरुद्ध एमाले मोरङले दियो जाहेरी
विराटनगर । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ ।
एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरूले आज सामूहिक रुपमा जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका हुन् । एमालेले विध्वंसात्मक गतिविधिमा संलग्नहरूको विवरणसहित जाहेरी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्...































