संगालोखबर


विराटनगर । हुलाकी सडकखण्डअन्तर्गत सुनसरीको इनरुवा देखि कप्तानगञ्जसम्मको सडक निर्माणको ठेक्का रद्द गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना जारी गर्दै २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का रद्द गरिएको जनाएको हो ।

सडक स्तरोन्नतिका लागि गरिएको ठेक्का सम्झौता गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी) विराटनगरसँग तोडिएको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

सडक निर्माणका लागि २०७८ माघ २ गते जेभीसँग करसहित ५२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार साउन २०८१ भित्र काम सम्पन्न हुनुपर्ने भए पनि निर्माण प्रगति करिब १८ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ ।

सडक निर्माण गर्न सम्झौताअवधि २०७८ माघदेखि २०८३ असारसम्म थप गरिएको थियो । पटक-पटक ताकेता गर्दा पनि ठेकेदारले प्रतिवद्धता अनुसार काम नगरेको, साइट ठप्प पारेको र निर्माण कार्य अघि नबढाएकाले ठेक्का तोडिएको जनाइएको छ ।

ठेक्का रद्दसँगै कार्य सम्पादन जमानतको १६ करोड ९४ लाख रुपैयाँ तथा पेश्कीका २ करोड ३१ लाखमध्ये १ करोड ७१ लाख रुपैयाँ जफत गरिनेछ । पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल गरिने कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!