एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा
विराटनगर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख बढी तीर्थयात्री पुगेका छन् । २०८१ सालमा दुई लाख २१ हजार छ सय दुई जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पाथीभरा पुगेका थिए । साउनमा एक हजार नौ सय ५५ र कात्तिकमा ६१ हजार एक सय ७३ जना तीर्थयात्री पाथीभरा...




























