वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोट

वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोट

धनकुटा । वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोटमा परेको छ । देशैभरबाट छानिएका ६ टिम मध्ये धनकुटाको एउटा टोली छनोटमा परेको हो । प्रतियोगिताका लागि कात्तिक ३० देखि मंसिर ३० गतेसम्म अनलाइन भिडियो पठाउने समय तोकिएको थियो । जसमा हाम्रो डान्स सेन्टरबाट पठाएको १८ वर्षमुनिको भिडियो छनोटमा परेको हो । डान्स सेन्टरका सञ्चालक तथा प्रशिक्षक सन्तवीर तामाङका अनुसार टोलीमा आठ जना बालबालिका समावेश छन् । ...
प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो । स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी द...
हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तरगत फुटबलमा दुई विद्यालयले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा छात्रतर्फ विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय र छात्रातर्फ पथरी शनिश्चरेको रेड स्टार माध्यमिक विद्यालयले उपाधि जितेका हुन् । कान्तिपुरले फाइनलमा रेड स्टारलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । दोस्रो हापको १४ औं मि...
इटहरीमा बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

इटहरीमा बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङ घर भएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको राजविराज नगरपालिका-७ घर भएका जागेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणी गरेको भनेर उजुरी दिएका थिए । इटहरीले जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत यादवलाई पक्राउ गरेर ल्याएको हो । ‘बालिकालाई...
यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

यातायात सुचारु गर्न दिन पहिचान पक्षधरसँग व्यवसायीको आग्रह 

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पहिचान पक्षधरले गरेको अनिश्चितकालीन यातायात बन्दको यातायात व्यवसायीले विरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनदेखि यातायात ठप्प हुँदा व्यवसायीहरू समस्यामा परेका जनाएको छ । बैङ्कबाट २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिएर खरिद गरेको गाडीको किस्ता बन्दका क...
झापामा जेसीबीको बकेटबाट खस्दा एक जनाको मृत्यु

झापामा जेसीबीको बकेटबाट खस्दा एक जनाको मृत्यु

विराटनगर । झापा नगरपालिका-४ ताराबारी चोकमा केबलको तार जोड्ने क्रममा जेसीबीको बकेटबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एसियन हाइवेमा जेबी टुण्डी कन्स्ट्रक्सनको जेसीबीको बकेटमा चढेर तार जोड्ने क्रममा लडेर सोही हाइवेमा काम गर्ने कामदारको मृत्यु भएको हो । प्रहरीका अनुसार रौतहटको चन्द्रनिगाहापुर-१० घर भएका २० वर्षीय सञ्जय महतोको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो दुर्घटनामा परेर ...
ओखलढुङ्गामा सुमो दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु 

ओखलढुङ्गामा सुमो दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु 

विराटनगर । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित सिद्धिचरण लोकमार्गमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो आज बिहान करिब साढे ६ बजेतिर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनामा खोटाङको केपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपा...
पूर्वमा १७ वर्षसम्म सेवा दिएका वरिष्ठ न्युरो सर्जन डा. रोकालाई सम्मान

पूर्वमा १७ वर्षसम्म सेवा दिएका वरिष्ठ न्युरो सर्जन डा. रोकालाई सम्मान

विराटनगर । मोरङको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र विराट नर्सिङ होमले वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोकालाई सम्मान गरेको छ । आज टिचिङ अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर डा. रोकालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा डा. रोकालाई सम्मान गरेका थिए । प्रदेश प्रमुख खाप...
पाथीभरा केबलकार निर्माणको विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ : योगेश भट्टराई

पाथीभरा केबलकार निर्माणको विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ : योगेश भट्टराई

विराटनगर । ताप्लेजुङबाट प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सांसद योगेशकुमार भट्टराईले पाथीभरामा केबलकार निर्माण गर्ने विषयमा उत्पन्न विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद भट्टराईले केबलकार निर्माण कम्पनी र स्थानीयको समस्या वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्ने बताएका हुन् । उनले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किन...
एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका श्रेष्ठ सम्मानित

एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका श्रेष्ठ सम्मानित

विराटनगर । एक सय दुई पटक रक्तदान गर्ने विराटनगरका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर-७, देवकोटा चोकमा  गरिएको कार्यक्रममा उच्च अदालत विराटनगर बार एसोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले श्रेष्ठलाई सम्मान गरेका थिए । अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै...
सुनसरीबाट ३९ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट ३९ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगन्ज गाउँपालिका-३ का ४० वर्षीय अरविन कुमार यादवको घरमा खानतलासी गर्दा गाँजा भेटिएपछि उनकी पत्नी ३५ वर्षीय सोनी कुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो । घरमा गाँजा लुकाएर राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३९ किलो २९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घरको कम्पाउण्डमा खाल्टो खने...
कोशी सरकारले पहिचानवादीलाई वार्तामा बोलायो

कोशी सरकारले पहिचानवादीलाई वार्तामा बोलायो

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृ...
उदयपुरका क्यान्सर रोगीलाई नोवेलमा निःशुल्क उपचार गरिदिँदै शर्मा, कहिलेसम्म पाइन्छ सेवा ?

उदयपुरका क्यान्सर रोगीलाई नोवेलमा निःशुल्क उपचार गरिदिँदै शर्मा, कहिलेसम्म पाइन्छ सेवा ?

विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजमा उदयपुर जिल्लाका क्यान्सर रोगीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले उदयपुरका क्यान्सर पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेका थिए । सोह...
वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत युरोप, अमेरिका, कुवेत, दुबईलगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहित कुमार पासवान, विराटनगर-८ का २३ वर्षीय करण भनिने अमित राय, कटहर...
सामाजिक सञ्जालका आइडी ह्याक गरे हुनसक्छ तीन वर्ष कैद

सामाजिक सञ्जालका आइडी ह्याक गरे हुनसक्छ तीन वर्ष कैद

विराटनगर । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भएको छ । विधेयकमा उल्लेख भए अनुसार अब कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने छ । कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्र्याक गरी कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत, ...
ताप्लेजुङमा बन्दको सामान्य प्रभाव, एक जना पक्राउ

ताप्लेजुङमा बन्दको सामान्य प्रभाव, एक जना पक्राउ

विराटनगर । ताप्लेजुङमा यातायात बन्दको सामान्य प्रभाव परेको छ । ‘नो केबलकार’ पक्षसहित पहिचान पक्षधरले आजबाट गरेको अनिश्चितकालीन यातायात बन्दको सामान्य प्रभाव पारेको हो । बजार बन्द गराउँदै र हुलहुज्जत गर्दै हिड्ने प्रदिप मादेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । यातायात बन्द भएपनि स्कुल, बजार र कलकारखाना खुल्ला भएका उनको भनाइ छ । ‘सुरक्षा व्यवस्था ...
धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

धरानबाट लागूऔषधसहित दुई दम्पती पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषधसहित दुई दम्पती पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-३ गौधाराबाट लागूऔषधसहित मेडिकल सञ्चालक दम्पती र धरान-८ बाट अर्को एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । गएराति मेडिकल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित लागूऔषध फेला पारेको थियो । प्रहरीले ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजा...
तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

तेह्रथुममा प्रचण्डको मर्निङवाकमा जाँदै गरेको स्कारपियो दुर्घटना 

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकामा स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब ६ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मर्निङवाकमा सहभागि हुन यात्रु लिएर चुहानडाँडा तर्फ जाँदै गरेको प्र १-०२-००२ र च ७७३३ नम्बरको स्कारपियो दुर्घटना भएको हो । दुर्घटनामा पूर्व राज्यमन्त्री द्वय रामकुमारी चौधरी र मुक्साङ मेनाङवोसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका ...
पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

पहिचान पक्षधरको बन्दले मेची राजमार्ग र तमोर करिडोर ठप्प

विराटनगर । पाथिभरा क्षेत्रमा माघ १२ गते ‘नो केबलकार’ पक्ष र सुरक्षाकर्मीबीच भएको झडपलाई लिएर पहिचान पक्षधरले मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका छन् । आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले सवारी साधन आवत-जावतमा रोक लगाएका छन् । केही बन्दकर्ताहरू धरान बन्द गर्दै तमोर करिडोरतर्फ लागेका छन् । तमोर कोरिडोर ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ । मेची राजमार्ग ताप्लेजुङदेखि पाँचथरक...
गृहमन्त्री लेखकले छलफलका लागि बोलाए ताप्लेजुङका सांसद

गृहमन्त्री लेखकले छलफलका लागि बोलाए ताप्लेजुङका सांसद

विराटनगर । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदलाई छलफलका लागि बोलाएका छन् । ताप्लेजुङमा केबलकार निर्माणको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न गृहमन्त्री लेखकले उनीहरूलाई बोलाएका हुन् । लेखकले सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेवेलाई आज साँझ ५ बजे मन्त्रालयमा बोलाएका हुन् । उनीहरूले गृहमन्त्री लेखकलाई जिल्लाको वास्तविक अवस्थाबारे जानकारी ग...
धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति चौबिसे गाउँपालिका-८ फेदी स्थित कच्ची सडकखण्डमा को २ त ४९७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टरका सह-चालक चौबिसे-८ चौतराका २२ वर्षीय शम्भु लिम्बु घाइते भएका हुन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब सय मिटर तल झरेको छ । ट्याक्टर घ...
मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

मोरङमा एकै परिवारका ३० जनाले गरे बाबुको काजकिरिया

विराटनगर । मोरङमा एकै परिवारका ३० जनाले बाबुको काजकिरिया गरेका छन् । बुढीगंगा गाउँपालिका-४ का ८८ वर्षीय शारदाप्रसाद भट्टराईको निधन भएपछि छोरा, छोरी र बुहारीसहित ३० जनाले काजकिरिया गरेका हुन् । भट्टराईका तीन जना श्रीमती छन् । उनीहरूबाट १० छोरा र आठ छोरीको जन्म भयो । जसमध्ये एक छोरीको भने निधन भइसकेको छ । बुढीगंगा-४ नेमुवास्थित छोरा गोविन्द भट्टराईको घरमा बाबुको काजकिरिया गरिएको हो । स्वर्गीय भट...
मनमोहनमा एलएलबीको पढाइ सुरु 

मनमोहनमा एलएलबीको पढाइ सुरु 

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाइ सुरु भएको छ । विश्वविद्यालयको  ‘स्कुल अफ अप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ अन्तर्गत व्यवस्थापन कानुन ‘बिबिए एलएलबी’ स्नातक तहको पढाई आजबाट औपचारिक रूपमा सुरु भएको हो । विश्वविद्यालयले कानुन अध्ययन गर्न भर्ना भएका बिबिए एलएलबी तहका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई अभिभुखिकरण गराएको छ । मनमोहन प्राविधिक विश्वविद्या...
एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

एमाले मोरङको जिल्ला अधिवेशनको मिति तोकियो

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन आगामी फागुनमा हुने तय भएको छ । सोमबार विराटनगरमा बसेको जिल्ला सङ्गठन कमिटीको तेश्रो पूर्ण बैठकले फागुन १७ देखि १९ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पाटी भित्र आन्तरिक विवा...
भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुरमा टिपर दुर्घटना, चालक र सह-चालक घाइते

भोजपुर । भोजपुरमा टिपर दुर्घटना भएको छ । गएराति करिब १२ बजेको समयमा हतुवागढी-८ मा टिपर दुर्घटना भएको हो । दुर्घटनामा चालक सुनसरीको इटहरी-४ का अन्दाजी ३० वर्षीय अमरबहादुर राई र सह-चालक भोजपुर अरुण गाउँपालिका-१ का अन्दाजी २४ वर्षीय कर्ण भुजेल घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्त...
दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

दक्षिण कोरियामा सुनसरीका खतिवडासहित दुई नेपालीको मृत्यु

विराटनगर । दक्षिण कोरियामा दुई जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अनुसार आइतबार दुई जनाको मृत्यु भएको हो । दक्षिण कोरियाको जेछनमा सुनसरी घर भएका ५० वर्षीय शशी खतिवडाको मृत्यु भएको छ । एनआरएनएका अनुसार उनी केही दिनदेखि उपचाररत थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी क्षयरोगबाट पीडित थिए । यस्तै अर्का ३९ वर्षीय युवाको हृदयघातका कारण मृत्यु भएको हो ।
झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिका-१ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दीबारी-१ का २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई पक्राउ परेका हुन् । उनीहरूको साथबाट पाच सय १० मिलिग्राम ब्राउन सुगर ...
केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्ने अवस्था सिर्जना भयो : प्रशासन

विराटनगर । ताप्लेजुङमा केबलकार विरोधी समूहकै कारण हवाइ फायर गर्नेसम्मको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रेस विज्ञप्ति जारी गर्दै सो समूहले एक्कासि ढुङ्गा, चिपर्ट, दाउरा र गुलेली प्रहार गर्न थालेपछी उच्च संयमताका साथ परिचालित सुरक्षाकर्मीले आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने सम्मको अवस्था आएको जनाएको हो । पाथीभरा मुक्कुमलुङ केबलकार द...
प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्षमा थापा 

विराटनगर । प्रेस चौतारी मोरङको अध्यक्षमा चीना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । ९ औं जिल्ला अधिवेशनले थापालाई सर्वसम्मत निर्वाचित गरेको हो । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष भएकी छन् । उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत निर्वाचित भएक...
भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार गरिएका बालबालिकाको परिवारसँग पुनर्मिलन

विराटनगर । भारतबाट उद्धार गरिएका विराटनगरका पाँच जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । विभिन्न समयमा हराएका दुई बालक र तीन बालिकालाई आज परिवारको जिम्मा लगाइएको हो । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सृजना राईको रोहबरमा विराटनगर महानगरपालिकाका बालकल्याण अधिकारीमार्फत उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ । भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवस...
धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटामा एक सय ५२ किलो गाँजा जलाएर नष्ट गरिएको छ । विभिन्न समयमा बरामद गरिएको उक्त परिमाणको गाँजा धनकुटा-९ मुलघाट स्थित तमोर नदि किनारमा जलाएर नष्ट गरिएको हो । साँगुरीगढी गाउँपालिकाबाट विभिन्न समयमा बरामद भएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर सुमन खड्काले बताए । प्रहरीले साँगुरीगढीको भेडेटार र चाँदीबजारबाट विभिन्न समयमा गाँजा बरामद गरेको थियो ।
error: Content is protected !!