धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-७ मा लडेर एक महिलाको मृत्यु भएको छ । सोमबार राति करिब ९ बजे आफ्नै घरको छतमा जाने क्रममा भर्‍याङबाट लडेर ६१ वर्षीया व्रतकुमारी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार एकतले घरको छतमा जानेक्रममा भर्‍याङबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा राति ९ः१६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालम...
आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

आज विराटनगरको अधिकतम तापक्रम ३८ डिग्री पुग्ने सम्भावना

विराटनगर । सोमबारको तुलनामा आज थप गर्मी बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज केही डिग्री तापक्रम बढ्ने अनुमान गरेको हो । विभागका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३६-३८ डिग्री सेल्सियस पुग्ने छ । धरानको ३५-३७, नेपालगञ्जको ३९-४१, भैरहवाका ३९-४१, धनगढीको ३९-४१, दाङको ३९-४१, दिपायलको ३७-३९, घोराहीको ३५-३७, वीरगञ्जको ३६-३८, सिमराको ३६-३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । मौसमवि...
अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

अनेम संघ धनकुटाको १२ औं अधिवेशन आज 

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको १२ औं जिल्ला अधिवेशन आज हुने भएको छ । धनकुटा नगरपालिका-७ स्थित श्रीवनीमा रहेको नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा अधिवेशन हुने छ । कार्यक्रमको उद्‌घाटन अनेम संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले गर्ने अनेम संघ धनकुटाकी अध्यक्ष मनकुमारी तितुङले जानकारी दिइन् । अनेम संघ २००८ साल फाल्गुन २४ गते अन्तराष्ट्रिय श्रमिक दिवस (मे ८) का दिन स्थापना भए थियो । सामन...
विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगरका खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरको मुनालपथ स्थित मुनलाइट फोटो स्टुडियोका सञ्चालक नवीन खनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । आइतबार राति करिब ८ः४० बजे कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका-३ स्थित तिरुपति पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा खनाल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज अपराह्‍न ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । ...
सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

सुनसरीमा गाउँपालिका अध्यक्षको धम्कीपछि किन हटाइयो ट्राफिक प्रहरी युनिट ?

विराटनगर । अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल छ । सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भिडियो भाइरल भएको हो । शुक्रबार दिउँसो भएको उक्त घटनामा अध्यक्ष अन्सारीले ट्राफिक प्रहरीमाथि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् । उनले बोलेका शब्द र व्यवहारप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ । शुक्रबार दिउँसो ...
झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

झापामा नेपाल-भारतका युवा उद्यमीको सम्मेलन, व्यवसाय विस्तार सम्बन्धी संवाद

विराटनगर । नेपाल र भारतका युवा उद्यमीहरूको सम्मेलन झापामा सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा आइतबार झापाको मेची क्राउन होटलमा दुई देशका युवा उद्यमीहरूको सम्मेलन गरिएको हो । कार्यक्रममा नेपाल र भारतका करिब एक सय उद्यमीहरू सहभागि भएका थिए । उनीहरूले आफ्नो व्यवसायबारे बी–टु–बी पिच प्रस्तुत गर्दै उत्पादन र सेवाको परिचय दिए । त्यसपछि व्यक्तिगत रूपमा कोर बी–टु–बी से...
कोशी सरकारद्वारा विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय

कोशी सरकारद्वारा विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश विपद् परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बीमा गर्ने निर्णय गरेको हो । ‌ यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्...
मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

मोरङ र पाँचथरबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । आइतबार मोरङ र पाँचथरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागूऔषध नियन्त्रण ब्युरो  काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ वर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, दुई लाख ८८ हजार दुई सय ५० रुपैयाँ...
खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

खोटाङको बुइपामा बनाइयो एक सय १० फिट अग्लो यलम्बरको प्रतिमा

विराटनगर । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१४ बुइपा स्थित पञ्चदोबाटोमा किरातकालीन राजा यलम्बरको पूर्ण कदको प्रतिमा निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानीमा यलम्बरको प्रतिमासहितको यलम्बर पार्क निर्माण गरिएको हो । ३० रोपनी सरकारी जग्गामा निर्माण गरिएको यलम्बरको प्रतिमा एक सय १० फिट अग्लो छ । प्रतिमासहितको पार्क निर्माणमा करिब १४ करोड रुपैयाँ ला...
धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई धकेलेर भागेका लिम्बु पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ बूढीमोरङका २५ वर्षीय सागर लिम्बु छन् । गत जेठ १० गते साँगुरीगढी गाउँपालिका-२ सेलेङस्थित मोरङको सिमानामा गाँजा नियन्त्रणमा लिने क्रममा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बु प्रहरी जवान संजयकुमार थारूलाई धकेलेर जङ्गलतर्फ भा...
छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

छोराको प्रेमिकालाई आगो लगाएर हत्या, ६ वर्षपछि पक्राउ परे एसराज

विराटनगर । विराटनगरबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१६ का ५५ वर्षीय एसराज लामा छन् । झापाको अर्जुनधारा नगरपालिका-११ घर भई विराटनगर-१६ बस्ने २१ वर्षीया ईशा योगी शेर्पालाई शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार एसराजका छोरा रेम्बो भनिने रुद्रराजसँग ईशाको प्रेम सम्बन्ध थियो । पसलमा काम...
विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगरमा रासायनिक मल हिनामिना प्रकरणमा दोषी ठहरिएका बस्नेत पक्राउ

विराटनगर । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-७ का ३५ वर्षीय खगेन्द्र बस्नेत छन् । इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक...
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक पहाडी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्...
झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

झापामा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण देखापरेको छ । नगरपालिकाका अनुसार मेचीनगरको वडा २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण पुष्टि भएको हो । पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको नगरपालि...
सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा वृद्धा मृत फेला 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित सुनसरी-मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धा मृत फेला परेकी छन् । ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया तिलमाया खड्का नहरमा घोप्टो परेर डुबेको अवस्थामा आज मृत फेला परेकी हुन् । प्रहरीका अनुसार वृद्धा शनिबार घरबाट हराएकी थिइन् । वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टम...
माओवादी महालक्ष्मी नगर कमिटी अध्यक्षमा रखाल चयन

माओवादी महालक्ष्मी नगर कमिटी अध्यक्षमा रखाल चयन

धनकुटा । नेकपा माओवादी केन्द्र महालक्ष्मी नगर कमिटी धनकुटाको अध्यक्षमा पदम रखाल चयन भएका छन् । शनिबार माओवादी केन्द्र नगर कमिटीको सम्मेलनले रखाललाई अध्यक्षतामा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा टिकाराम श्रेष्ठ र सानु कार्की चयन भएका छन् । सचिवमा लोकबहादुर नेपाल, सह-सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा दुर्गा भुजेल चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र धनकुटा सचिव ओमप्रकाश निरौला, महालक...
सप्तकोसीमा बेपत्ता गोताखोरको शव भेटियो

सप्तकोसीमा बेपत्ता गोताखोरको शव भेटियो

विराटनगर । विपद् पूर्वअभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा बेपत्ता अर्का गोताखोरको पनि शव फेला परेको छ । कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरज साउदको शव फेला परेको प्रहरीले जनाएको छ । कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर टोलीले उनको शव फेला पारेको हो । जेठ २२ गते पूर्वअभ्यासको क्रममा साउदसँगै अर्का गोताखोर हरदेव सिंह राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव भने बेपत्ता भएको भोलिपल...
धनकुटाका पत्रकारहरूलाई मल्टिमिडिया र एआई प्रयोग सम्बन्धी तालिम 

धनकुटाका पत्रकारहरूलाई मल्टिमिडिया र एआई प्रयोग सम्बन्धी तालिम 

धनकुटा । धनकुटामा पत्रकारहरूलाई लक्षित चार दिने मल्टिमिडिया र पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्‌घाटन गर्दै कोशी प्रदेश सांसद निरन राईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा निकै चुनौती थपिएकाले समयसापेक्ष प्रविधिको ज्ञान लिन आवश्यक भएको बताए ।...
२० बुँदे घोषणापत्र जारी गर्दै सकियो उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन

२० बुँदे घोषणापत्र जारी गर्दै सकियो उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेरको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन समापन भएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलन २० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो । न्यायिक समितिबाट भएका निर्णय तथा फैसलाहरूको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्ने, न्यायिक समितिका कार्यहरूमा एकरूपता कायम गर्न सबै स्थानीय...
कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरको सहिद रङ्गशालामा छनोट प्रतियोगिता सुरु भएको हो । ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै सभामुख विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, ख...
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पताल उद्‌घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटन गरेका छन् । मोरङको कटहरी गाउँपालिका-२ स्थित हल्दीबारीमा दुई अर्ब लगानीमा निर्माण भएको सामुदायिक अस्पतालको आज एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले विपन्न र आर्थिक अवस्था कमजोर भएको समुदायलाई सरल र सहज उपचार स...
कविता : तास

कविता : तास

जताततै धेरैले खेल्ने खेल बन्यो तास खेल्न थाले पछि घरमा हुन्न बास यस्तै खेलमा राख्ने रैछन् धन कमाउने आस थाले पछि किन छाड्ने बरु छोड्छन् गाँस अल्छीलाई हुँदोरहेछ यो खेल नै घिउ खेल्दा खेल्दै बनिरहेको छ झगडाको बिउ खेल जुनसुकै खेले पनि कुलतमा नजाऊ सित्तैमा जाने पैसा, इज्जत समेत बचाउ दम्पतीबीच यसै कारण  झगडा हुने बालबच्चा अत्तालिने, चिच्याउने, रुने यति साह्रै पर्ने गरि तास किन खेल्नु स...
धनकुटामा एक हजार किलो गाँजा जलाएर नष्ट

धनकुटामा एक हजार किलो गाँजा जलाएर नष्ट

धनकुटा । धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजासहित प्रतिबन्धित लागूऔषध जलाएर नष्ट गरेको छ । शनिबार धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा नौ सय ९९ किलो गाँजा जलाएर नष्ट गरिएको हो । यस्तै प्रतिबन्धित लागूऔषध ट्रामाडोल आठ सय सय ९१ क्याप्सुल, डाइक्लोमाइन हाइड्रोक्लोराइड आठ सय ९१ ट्याब्लेट जलाएर नष्ट गरिएको छ । धनकुटामा प्रहरीले पछिल्लो समय लागूऔषध, गाँजासहित ओसार-पसारमा संलग्नलाई पक्राउ गर...
अमेरिकामा चार नेपाली गोली लागेको अवस्थामा मृत फेला

अमेरिकामा चार नेपाली गोली लागेको अवस्थामा मृत फेला

विराटनगर । अमेरिकाको भर्जिनिया मानेसार पार्क नजिकै घरमा चार नेपाली मृत फेला परेका छन् । दुई बालबालिका, एक महिला र एक पुरुष बिहीवार गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । मृत फेला पर्नेमा ३८ वर्षका सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, दुई वर्षीय बालक र आठ वर्षीया बालिका छन् । मृतकको नेपालको ठेगाना खुल्न बाँकी छ भने प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । एनबीसी वासिङ्टन न्यूज ४...
आज प्रधानमन्त्री ओली विराटनगर आउँदै

आज प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउने भएका छन् । मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीमा दुई अर्ब लगानीमा निर्मित दुई सय बेडको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनका लागि ओली विराटनगर आउन लागेका हुन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर आउने तय भएको छ । अस्पताल उद्घाटनपछि उनी दिउँसो ३ बजे काठमाडौं फर्कने छन् । ...
आज बकर ईद

आज बकर ईद

विराटनगर । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढेर यो पर्व मनाउँछन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गरिन्छ । हिजरी सम्वत् अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बल...
इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

इन्द्रपुर जेसीजले गर्यो जेसीआई बिजनेस एकेडेमी

विराटनगर । मोरङको विराटचोकमा ‘जेसीआई नेपाल बिजनेस एकेडेमी’ गरिएको छ । इन्द्रपुर जेसीजले विराटचोकस्थित नेपारलिका होटेलमा तीन दिने कार्यक्रम गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रम उद्‌घाटन गरेका थिए । सो अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रम नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे ।  कार्यक्रममा देशभरबाट ६८ जना सहभागी भएका थिए । उनीहरूलाई...
झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

झापाबाट नक्कली नोट र नोट छाप्ने मेसिनसहित एक जना पक्राउ

विराटनगर । झापाबाट नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-५ घर भइ झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर बस्ने २८ वर्षीय गणेश भारती छन् । आज उनको कोठामा प्रहरीले छापा मार्दा पाँच लाख बढी विभिन्न दरका नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन बरामद गरेको हो । हजार दरका चार लाख ७० हजार, पाँच सय दरका एक लाख ४१ हजार, एक सय...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाएको बताएकी छन् । आजबाट विराटनगरमा सुरु भएको पालिकाका उप-प्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्‌घाटन समारोहमा बोल्दै भण्डारीले यस्तो बताएकी हुन् । उनले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन...
कोशीमा डेंगुको जोखिम बढी, देशभर सङ्क्रमण बढ्दो

कोशीमा डेंगुको जोखिम बढी, देशभर सङ्क्रमण बढ्दो

विराटनगर । कोशी प्रदेशमा डेंगु सङ्क्रमितको संख्या सबैभन्दा धेरै पाइएको छ । देशभर हालसम्म एक हजार ८१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोशीमा सबैभन्दा बढी दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बागमतीमा एक सय ९७, गण्डकीमा एक सय ८२, लुम्बिनीमा एक सय ६३, सुदूरपश्चिममा एक सय ५६, कर्णालीमा ३० र मधेश प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् । विज्ञहरूका अनुसार मनसुनको अवधिमा डेंगु सङ्क्...
केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

केराबारीबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाउँपालिका-६ तामाङ टोलबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङ छन् । बिहीबार राति १०ः३० बजेतिर इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा लुकाएर राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको हो । बन्दुक बरामद भएसँगै उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
error: Content is protected !!