
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेपनि ६ महिनायताकै सबैभन्दा बढी कारोबार भएको छ । आज ३ सय ३२ वटा कम्पनीको ३ करोड ६२ लाख कित्ता सेयर १६ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको हो ।
यसअघि गत साउन १४ गते १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । हिजो १३ अर्ब ७८ करोडको कारोबार भएको थियो । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०७ अङ्कले घटेर २ हजार ७ सय ६९ दशमलव ०९ विन्दुमा झरेको छ ।
आज होटल, जलविद्युत, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूहको सेयर सामान्य घटेको छ । आज १ सय ६५ वटा कम्पनीको सेयर घटेकोमा ८८ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको सेयर घटबढ भएको छैन ।
आज नेपाल हाइड्रो पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३ दशमलव १२ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोसी विकास बैंक, माउन्टेन हाइड्रो नेपाल कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।

संगालोखबर 













