
विराटनगर । ६१ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक कोशी प्रादेशिक कार्यालयले विराटनगरमा विविध कार्यक्रम गरेको छ ।
बैंकका प्रादेशिक प्रबन्धक हेमराज खरेल सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोशीका प्रदेश सचिव नारायण प्रसाद रिसालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

बैंकले कर्जा उपभोग गर्ने उत्कृष्ट कृषक एक, पूर्व कर्मचारी मध्ये ज्येष्ठ सदस्य एक जना र मेची-महाकाली साइकल यात्रीलाई सम्मान गरेको थियो । वार्षिकोत्सवको अवसरमा बैंकले माघ ५ गते ६९ जना कर्मचारीसहितको उपस्थितिमा रक्तदान गरेको थियो ।

यसैगरी माघ ६ गते खेलकुद कार्यक्रम आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विजेता हुनेहरूलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको बैंकले जनाएको छ । बैंकले माघ ८ गते पोखरिया माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूसँग वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।

बैंकले समापनका दिन शाखा कार्यालयबाट निकालेको ली विराटनगर बजारको परिक्रमा गराउँदै कार्यक्रम स्थल रोडशेषसम्म पुर्याएको थियो । कार्यक्रममा सेवा निवृत्त र हाल कार्यरतसहित एक सय ५० बढी कर्मचारीहरूको उपस्थिति थियो ।

संगालोखबर 













