संगालोखबर


विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनमा काँग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका हुन् ।

सुनिलबहादुर पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनका प्रतिस्पर्धी नेकपाका हेमराज घिमिरे मनोनयनका लागि समयमै उपस्थित नभएपछि थापा सर्वसम्मत भएका थिए ।

दलित कोटाबाट निर्वाचित पोर्तेल झापा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन् । २०४७ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनी एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ का केन्द्रीय उप-महासचिव हुन् ।

महिला कोटाबाट विजयी मेचे अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्छिन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिसकेकी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!