
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला तीन सय ७० रुपैयाँ बढेर छ हजार चार सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला छ हजार एक सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













