
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा जारी स्पोर्ट्स मिट अन्तरगत क्रिकेटमा शिक्षादीप र विराट क्याम्पस विजयी भएका छन् ।
जुट मिलको खेल मैदानमा भएको पहिलो खेलमा शिक्षादीप कलेजले विकेभिएम कलेजलाई १ विकेटले पराजित गर्दै क्वाटरफाइनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङको गरेको विकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो ।
विकेभिएमकालागि हार्दिक रेग्मीले सर्वाधिक १९ रनको योगदान दिए । शिक्षादीपका प्लेयर अफ द म्याच रोशन रायले सर्वाधिक ३ विकेट लिए ।
जवाफमा १ सय रनको लक्ष्य पाएको शिक्षादीपले १५ दशमलव ४ बलमा १ विकेटको नोक्सानीमा सो लक्ष्य पूरा गरेको थियो । शिक्षादीपका टेकनारायण मण्डलले सर्वाधिक ३२ रनको योगदान दिए । विकेभिएमका सबल न्यौपाने २ विकेट लिए ।
दोस्रो खेल विराट क्याम्पस र सगरमाथा कलेजबीच हुनु पर्ने थियो । तर सगरमाथा समयमा मैदानमा नआएपछि विराट क्याम्पसले वाक ओभरमा विजयी हुँदै क्वाटरफाइनको यात्रा तय गरेको छ ।
यस्तै फुटबलको पहिलो खेलमा मोर्डन एराले सेन्ट जोसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
खेलको प्लेयर अफ द म्याच मोर्डन ऐराका गोलकिपर दिगविजय सिंह बस्नेत भए । दोस्रो खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ को गोल अन्तरले पराजित गरेको छ । अर्किडको जितमा प्लेयर अफ द म्याच रिकेश विश्वासले ह्याट्रिक सहित ३ गोल गरे । जेभियरका सौरभ खत्री र अविनाश मगरले १–१ गोल गरे ।

संगालोखबर 













