संगालोखबर


काठमाडौं । राष्ट्रिय सभा सदस्यका रिक्त पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म मतदान हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन २० मा सकिँदैछ ।

उनीहरूमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक बाहेक १८ पदमा चुनाव हुन लागेको हो । १८ मध्ये कोशी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भैसकेका छन् । सोहीकारण आज १७ पदका लागि निर्वाचन हुँदैछ । सातवटै प्रदेशका मतदान केन्द्रमा मतदान हुनेछ ।

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभा सदस्य र पालिकाका मेयर, उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २-२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २-२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!