
विराटनगर । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।


संगालोखबर 














