
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद भएको छ । भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले सो रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । झोलामा ५०० दरका ४० बण्डल भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद रकमबारे थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

संगालोखबर 














