असन्तुलित बजेट वितरण रोकेर नतिजामुखी बजेट निर्माण गर्छौं : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी वर्षदेखि असन्तुलित बजेट वितरणलाई रोकेर नतिजामुखी बजेट निर्माण गर्ने बताएका छन् । प्रदेश योजना आयोगले आज विराटनगरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले विगतमा गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे । नयाँ ...




























