सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा बाबु-छोरासहित तीन जनाको मृत्यु

विराटनगर । सुनसरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इर्न्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिश चौधरी तथा अर्को मोटरसाइकलका चालक इनरुवा-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो । उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएक...
आज असार १५ : दही चिउरा खाएर मनाइँदै

आज असार १५ : दही चिउरा खाएर मनाइँदै

विराटनगर । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । असारमा एकपटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली...
धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटामा जलाइयो १० क्विन्टल गाँजा

धनकुटा । धनकुटामा १० क्विन्टल गाँजा जलाएर नष्ट गरिएको छ । आज धनकुटा नगरपालिका-९ तमोर नदी किनारमा एक हजार ६८ किलो गाँजा जलाएर नष्ट गरिएको हो । विभिन्न समयमा फरक-फकर स्थानबाट बरामद भएको उक्त गाँजा जलाएर नष्ट गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार उक्त गाँजा जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी कार्यालयबाट विभिन्न समयमा बरामद भएको थियो ।
मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

मोरङको धनपालथानमा नाबालिकाको शव फेला, बलात्कारपछि हत्याको आशंका

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ बबियामा नाबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार अक्षय सरदारकी ५ वर्षीया छोरी आत्तिका सरदारको शव फेला परेको हो । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेको छ । आज बिहान ३ बजे नाबालिका हराएको भनेर आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा नाबालिकाको शव घरबाट सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ । ‘हिजो आमाबाबुले काकाको जिम्मा लग...
विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगरमा विवाहमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

विराटनगर । विराटनगरमा विवाह घरमा नाच्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१८ का १७ वर्षीय अमित यादव छन् । आज बिहानको राति १ः३० बजेको समयमा डिजे बजाएर नाच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनलाई डिजेमा जोडेको तारबाट करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ ह...
कोशी प्रदेशको बजेट पारित

कोशी प्रदेशको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारको बजेट पारित भएको छ । आजको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत भएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका थिए । आन्तरिक ...
विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगरबाट चोरी भएको मोटरसाइकलमा सवार एक जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-६ का ३७ वर्षीय किसन चौधरी छन् । गत जेठ २८ गते विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि पार्किङ गरेर राखिएको को ३९ प ४१५० नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोरङ प्रहरीका अनुसार उनी बिहीबार साँझ ५ बजे मोटरसाइकल चलाइरहेको अवस्थामा कटहरी गाउँपालिका-१ मा फेला परेका थिए । उनलाई तत्कालै प्रहरील...
विराटनगर क्षेत्रमा चोरी गर्ने तीन भारतीय महिला नगदसहित पक्राउ

विराटनगर क्षेत्रमा चोरी गर्ने तीन भारतीय महिला नगदसहित पक्राउ

विराटनगर । विराटनगरलाई केन्द्रबिन्दु बनाएर चोरीमा संलग्न भएको आरोपमा तीन भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पूर्णिया ठेगाना बताउने २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा आवत-जावत गर्ने असहाय र वृद्धवृद्धा उमेरका मानिसहरूले बोकेको सामान तथा ...
अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकामध्ये एकको शव फेला

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका थिए । दुई जनामध्ये खुसी राईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईले संगालोखबरलाई जानकारी दिए । सुनसरीको बराहक्षेत्र...
झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट १५ वर्षमा ७२ जनाको मृत्यु

विराटनगर । झापामा हात्तीको आक्रमणबाट १५ वर्षको अवधिमा ७२ जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाले ज्यान गुमाएका हुन् । डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार हात्तीको आक्रमणबाट सोही अवधिमा ९२ जना घाइते भएका छन् । २०८१ साउनयता हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना घाइते भएका छन् । मानव-हात्ती द्...
एसईईको नतिजा प्रकाशनको तयारी 

एसईईको नतिजा प्रकाशनको तयारी 

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको काम अन्तिम चरणमा पुगेको हो । नतिजा प्रकाशनका लागि आज बोर्ड बैठक बस्ने तयारी छ । तर बैठक बस्ने समयतालिका निर्धारण भइसकेको छैन । बोर्ड बैठक बसेपछि नतिजा प्रकाशनको टुङ्गो लाग्नेछ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घल...
सुनसरीमा अटोबाट ७५ किलो गाँजा बरामद, चालक पक्राउ

सुनसरीमा अटोबाट ७५ किलो गाँजा बरामद, चालक पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-४ सुनसरी खोला पुलबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१० का ४५ वर्षीय सुरतलाल चौधरी छन् । बिहीबार राति ११ः२० बजेको समयमा धरानबाट पकलीतर्फ जाँदै गरेको को १ ह ९५१० नम्बरको अटोमा ७५ किलो गाँजा फेला परेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अटोमा तीन वटा कालो प्लाष्टिकको झोलामा प्याक गरेर गाँजा ...
भारतीय दुतावासको सहयोगमा इरानबाट स्वदेश फर्किए ९ नेपाली 

भारतीय दुतावासको सहयोगमा इरानबाट स्वदेश फर्किए ९ नेपाली 

विराटनगर । इरानमा रहेका १६ जना नेपालीमध्ये नौ जना स्वदेश फर्किएका छन् । उनीहरूलाई इरानस्थित भारतीय दुतावासको सहयोगमा नेपाल फर्काइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार ११ जना नेपाली स्वदेश फर्काउने तयारी गरिएको भएपनि नौ जनामात्रै फर्किएका हुन् । एक जनाको कागजी प्रक्रिया नमिलेको र एक जना काम विशेषले उतै बसेका कारण नौ जना मात्रै फर्किएका मन्त्रालयले जनाएको छ । अन्य बाँकी पाँच जना भने विभिन्न मुद्...
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-८ विश्वकर्मा चोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रतुवामाई-३ चौकीघाटका ४३ वर्षीय ढक्कुलाल गनगाईँ छन् । बिहीबार राति ८ः२५ बजे हुलाकी सडकखण्ड अन्तरगत झपडतलबाट डाइनियातर्फ आउँदै गरेको को १ त ६१९१ नम्बरको ट्याक्टरमा सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ९१६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटन...
सुनसरीको रामधुनीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते*

सुनसरीको रामधुनीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते*

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-३ बगैँचा टोलमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका ६२ वर्षीय पूर्णबहादुर राई छन् । बुधबार राति ९ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ९ प ५५६९ नम्बरको मोटरसाइकलले राईलाई ठक्कर दिएको प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका इन्स्पेक्टर सुजन मुदेलले जानकारी दिए ।  घाइतेलाई उपचारका लागि झुम्कास्थ...
अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

अरुण नदीमा बेपत्ता भोजपुरका दुई बालिकाको अवस्था अझै अज्ञात

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-९ मचुवाटारबाट अरुण नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । बुधबार दिउँसो नुहाउने क्रममा नदीमा बेपत्ता भएका सोही स्थानका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अझै फेला परेका छैनन् । उनीहरू कक्षा ८ मा पढ्दै थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अमर राईका अनुसार बुधबार साँझदेखि नै उनीहरूको खोजी थालिएको थियो । ‘अ...
इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा खोटाङका राईको मृत्यु

इटहरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा खोटाङका राईको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-७ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ का ३५ वर्षीय देवान राई छन् । प्रहरीका अनुसार उनी इटहरीमा डेरा गरेर बस्दै आएका थिए । उनले बुधबार राति आफू बस्दै आएको घरबाट करिब ५० मिटर टाढा रहेको खेतमा करेन्ट लगाएर माछा मार्न खोजेका थिए । सोही क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट ला...
भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता

विराटनगर । भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई बेपत्ता भएका हुन् । प्रहरीका अनुसार उनीहरू हतुवागढी-९ मचुवाटारका हुन् । उनीहरू कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू साँझ सम्म पनि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक अनिल साहको कमान्डमा खट...
सुनसरीबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ३४ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार साँझ बराहक्षेत्र नगरपालिका-८ तिनकुनेबाट को ३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरू लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका-८ का २२ वर्षीय धिरज राई र पछाडि सवार बेलका-७ का ३१ वर्षीय लोकेन्द्र राई छन् । उनीहरूलाई चतराबाट प्रकाशपुरतर्फ जाँदै गर्दा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ...
विराटनगरको हुलाकी सडकमा सुरु भयो वृक्षरोपण अभियान

विराटनगरको हुलाकी सडकमा सुरु भयो वृक्षरोपण अभियान

विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने हुलाकी सडकमा वृक्षरोपण अभियान सुरु गरिएको छ । ‘गो ग्रीन विराटनगर’ अभियान अन्तरगत सोही स्थानका युवा तथा अभियन्ताहरूले वृक्षरोपण अभियान सुरु गरेका हुन् । करिब तीन किलोमिटर सडक लामो समय निर्माण नहुँदा आजित भएका स्थानीयले सडक निर्माण भएसँगै सडक डिभाइडर र सडकको दुबै क्षेत्रमा बिरुवा रोप्ने अभियान सुरु गरिएको स्थानीय सुशील खड्काले जानकारी दिए । उक्त स्थानम...
चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

चौबिसे गाउँपालिकाको बजेट ४८ करोड, पर्यटन विकासलाई प्राथमिकता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको मङ्गलबार सम्पन्न १७ औं अधिवेशनमा ४८ करोड ८४ लाख ४३ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो । चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टंकमायाँ पाङ्मी मगरले बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ दशमलव ८० प्रतिशत र ...
यस्तो छ मोरङका पालिकाहरूको बजेट 

यस्तो छ मोरङका पालिकाहरूको बजेट 

विराटनगर । मोरङका १७ पालिकामध्ये केही बाहेकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् । प्रस्तुत बजेटले स्वास्थ्य, कृषि, पूर्वाधारलगायतलाई समेटेको छ । विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयँँको बजेट प्रस्तुत गर्दा स्वास्थ्य र शिक्षामा नगरवासीको पँहुच बढाउने, स्थानीय श्रोत साधन र सीपको अधिकतम परिचालन हुने योजना, आर्थिक विकास र गरिबी न्यूनिकरणमा सहयोग पुर्याउनेलगायतका योजनाहरूलाई प्राथ...
दुर्घटनामा पुनः भत्कियो बरगाछीको स्तम्भ

दुर्घटनामा पुनः भत्कियो बरगाछीको स्तम्भ

विराटनगर । विराटनगर-३ वरगाछीमा सडक दुर्घटना हुँदा पुनः स्तम्भ भत्किएको छ । आज बिहानको राति नेमुवाबाट रानीतर्फ जाँदै गरेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२ ख ८८८८ नम्बरको ट्याङ्कर ठोक्किँदा स्तम्भ भत्किएको हो । दुर्घटनामा ट्याङ्कर चालक बाराको अमलेखगञ्ज नगरपालिका-२२ का ३३ वर्षीय पञ्चलाल लुम्बा घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको ...
मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ दर्वेशामा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-१ का ३२ वर्षीय केदार न्यौपानेको मृत्यु भएको हो । मंगलबार दिउँसो खेत जोतेर बाटोमा निस्कदैँ गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाइते भएका न्यौपानेलाई उपचारका लागी रंगेली अस्प...
सुनसरीका २० वर्षीय युवाले थाइल्याण्डको बैंक म्यानेजर हुँ भन्दै ६२ लाख ठगेपछि…

सुनसरीका २० वर्षीय युवाले थाइल्याण्डको बैंक म्यानेजर हुँ भन्दै ६२ लाख ठगेपछि…

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ का २० वर्षीय कुशेश्वर मेहतालाई ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफू थाइल्याण्डमा रहेको एसआईएएम कमर्सियल बैंकको म्यानेजर बताउँदै ६२ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मेहतालाई कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाल...
बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

सुनसरी । सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-७ का ५९ वर्षीय शुक्रबहादुर नेपाली छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ ५ बजे उनलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । धरान उपमहानगरपालिका-१७ रेल्वे लाइन आसपासमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको डी...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका-६ मधेसाका २३ वर्षीय ऋतिक भनिने विजयकुमार कामत र एक जना १४ वर्षीय नाबालक छन् । उनीहरूमाथि असार ५ गते धनकुटाकी एक १९ वर्षीया युवतीलाई घरमा एक्लै सुतिरहेको अवस्थामा राति १०ः३० बजेतिर जबरजस्ती करणी गरेको आरोप छ । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार युवती निदाइरहेको अवस्थामा...
मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङको विराटनगर स्थित हाटखोला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार मोरङको सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको हो । उनी लागूऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका थिए । कारागारका जेलर गौरव ढुंगेलका अनुसार दर्जीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो । ज्वरो आउने र ...
धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा नगरको बजेट ९७ करोड

धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रु...
error: Content is protected !!