
विराटनगर । श्रम संस्कृति पार्टीले पूर्वमन्त्री सुदन किरातीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ । केहीदिन अघि श्रम संस्कृति पार्टी प्रवेश गरेका किरातीलाई पार्टी अध्यक्ष हर्क साम्पाङले मुख्यमन्त्रीका रूपमा अघि सार्ने संकेत गरेका हुन् ।
साम्पाङले किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै राय मागेका छन् । ‘हाम्रो पार्टीबाट श्रमदाता सुदन किराती ज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !’, उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
किराती दुई दिनअघि मात्र औपचारिक रूपमा माओवादी केन्द्र त्यागेर श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए । यसअघि किराती सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भइसकेका छन् ।

संगालोखबर 




















