संगालोखबर

विराटनगर । नेपाली बजारमा आज (बुधवार) सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।

Advertisement

आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला पाँच हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार सात सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!