सुनसरीमा बसमा मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामधुनी-५ का २९ वर्षीय साजन गौतमको मृत्यु भएको हो ।
मंगलबार महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०४-००१ प ७६१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००१ ख ४१०२ नम्बरको बसको पछाडि ठोक्किएको थियो ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका साजनको व...




























