कोशी प्रदेशमा ‘उदय’ परियोजना सुरु, तीन हजार रोजगारी सिर्जना हुने 

कोशी प्रदेशमा ‘उदय’ परियोजना सुरु, तीन हजार रोजगारी सिर्जना हुने 

विराटनगर । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिने ...
सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाकै २ लाख ६ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाकै २ लाख ६ सय रुपैयाँ पुग्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दु...
धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान

धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान

धनकुटा । धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । बजारको सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो । भिमनारायण चोक, भिमसेन थान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास, हस्पिटल लाइन, मदन चोक, श्रीवानी र बसपार्क क्षेत्रमा क्यामेरा जडान गरिएको छ । अपराधजन्य र चोरीका घटना हुन नदिन तथा त्यस्ता घटना भइहालेमा निगरानी गर्न सहज होस् भन्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको धनकुटाका...
विदेशमा पतिको मृत्यु भएको खबर सुनेपछि पत्नीको पनि मृत्यु, बालबच्चाको बिचल्ली

विदेशमा पतिको मृत्यु भएको खबर सुनेपछि पत्नीको पनि मृत्यु, बालबच्चाको बिचल्ली

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-१ कटहरेका ४१ वर्षीय डम्बर मगर वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएको दुई वर्षमात्रै भएको थियो । परिवारको जिविकोपार्जनसँगै केही रकम जम्मा गर्ने र परिवारलाई खुसी बनाउने उद्देश्यका साथ उनी विदेशिएका थिए । घरमा पत्नी, २, १६ र १७ वर्षीया तीन छोरीसँग उनको कुराकानी भइरहन्थ्यो । तर एकदिन सदाका लागि डम्बरबहादुर विलीन भए । पतिको फोन आउने प्रतीक्षामा बसेकी ३३ वर्षी...
राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न हुँदैन : प्रचण्ड

राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न हुँदैन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न नमिल्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले दुनियाँमा यस्ता उदाहरणहरू धेरै रहेका तथा नेपालको संविधान, ऐन र कानुनले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेर कुनै प्रतिबन्...
कोशी प्रदेश आम सञ्चार विधेयकको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

कोशी प्रदेश आम सञ्चार विधेयकको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गर्दै पत्रकारहरूले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको अगुवाइमा आज पत्रकारहरूले प्रदेशस्तरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा १३ जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघलगायतले दिएको सुझाव विपरीत ...
विराटनगरको हिमालय रोडमा असोज ६ गतेदेखि ‘विराट सडक महोत्सव’ हुँदै

विराटनगरको हिमालय रोडमा असोज ६ गतेदेखि ‘विराट सडक महोत्सव’ हुँदै

विराटनगर । विराटनगरको हिमालय रोडमा आगामी असोज ६ गतेबाट ‘विराट सडक महोत्सव’ हुने भएको छ । मञ्जिना मुभिज क्रियसनको आयोजनामा पाचौँ संस्करणको सडक महोत्सव हुन लागेको हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पाँच दिनसम्म महोत्सव चल्ने जानकारी दिएको छ । दशैंको अवसरमा महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए । महोत्सवमा विभिन्न जातजाति तथा स्टार होटलमा पाइने २५ ...
सुनको मूल्य दुई लाख नजिक, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य दुई लाख नजिक, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । आज प्रतितोला चार सय रुपैयाँले बढेर सुनको मूल्य उच्च भएको हो । यसअघि साउन २३ गते उच्च मूल्यमा पुगेको सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पन...
डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीय...
कोशीमा संविधान दिवस भव्यरूपमा मनाइने, तीन दिनसम्म कार्यक्रम

कोशीमा संविधान दिवस भव्यरूपमा मनाइने, तीन दिनसम्म कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस दिवसलाई भव्य रूपमा मनाउने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले दिवस भव्यरूपमा मनाउने निर्णय गरेको हो । सरकारका सबै मन्त्रीहरू, सचिवहरू, सामाजिक क्षेत्रका सङ्घसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य...
पाँचथरमा पाहा मार्न जाँदा खोलामा फसेका ४ जनाको सकुशल उद्धार

पाँचथरमा पाहा मार्न जाँदा खोलामा फसेका ४ जनाको सकुशल उद्धार

पाँचथर । पाँचथरमा बाढीका कारण खोलामा फसेका चार जना मानिसको सकुशल उद्धार गरिएको छ । याङवरक गाउँपालिका-२ स्थित ईवा खोलामा अचानक आएको बाढीका कारण खोलाको बीच भागमा फसेका उनीहरूको उद्धार गरिएको हो । फिदिम नगरपालिका-४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाकको उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भदौ १...
वीरगञ्जमा एक सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि

वीरगञ्जमा एक सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या १ सय १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज सार्वजनिक गरेको विवरण अनुसार १ सय १५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । मङ्गलबार बेलुका ६ बजेपछि थप १ जनामा हैजा पुष्टि भएको छ । वीरगञ्जमा गएको शुक्रबारयता झाडापखालाको उपचारका लागि ४ सय ९३ जना बिरामी अस्पताल भर्ना भएका थिए । जसमध्ये १ सय १५ जनामा हैजा देखिएको कार्याल...
फेसबुकमा स्टाटस लेखेर वडाध्यक्ष विदेशिएपछि…

फेसबुकमा स्टाटस लेखेर वडाध्यक्ष विदेशिएपछि…

पोखरा । सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै गोरखाको चुमनुब्री गाउँपालिका-६ का वडाध्यक्ष सरोज लामा विदेशिएका छन् । नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका उनी जर्मनी गएका हुन् । उनले जति काम गरेपनि राजनीतिमा जस नपाएको भन्दै विदेशिएको उल्लेख गरेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो’, उनले लेखेका छन्, ‘तर जति...
धनकुटाबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-६ फोक्ल्याण्डटापुबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय एलन लिम्बु, २२ वर्षीय रविन मल्लिक, २० वर्षीय उदय शाह, धनकुटा-४ देब्रेबासका २३ वर्षीय रोनिश थापा र धरान-१ का २५ वर्षीय धनबहादुर भुजेल छन् । मंगलबार राति करिब ११ बजे ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । एलनको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आ...
कोशीका मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटवार्ता

कोशीका मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेटवार्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इजरायली राजदूत श्मुलिक आरिबास बीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विराटनगरमा भएको भेटवार्तामा नेपाल-इजरायल बीचको ऐतिहासिक मित्रताका बारेमा चर्चा भएको छ । कृषि, श्रम रोजगार र स्वास्थ्य क्षेत्रमा मुख्य सहकार्य हुँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपाली मुख्यतया कृषि र केयरगिभरमा इजरायलमा कार्यरत भए...
बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । धनकुटा बहुमुखी क्याम्पसमा बीबीए चौथो र छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सरसफाइ गरेका हुन् । व्यवहारिक ज्ञानसहितको शिक्षाका लागि स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पसको सहयोगमा सरसफाइ गरिएको स्ववियु उप-सभापति सुवास खनालले जानकारी दिए । विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक काममा प्रेरित गर...
मदिराले लठ्ठ दुई युवाद्वारा मध्यरातमा किरियापुत्रीमाथि आक्रमण

मदिराले लठ्ठ दुई युवाद्वारा मध्यरातमा किरियापुत्रीमाथि आक्रमण

विराटनगर । विराटनगरमा शोकमा डुबेको परिवारमाथि मध्यरातमा आक्रमण भएको छ । घटना सोमबार मध्यरातिको हो । विराटनगर-११ पिचराका हरिनारायण कामत पत्नीको तथा किरण, सन्तोष र काली आमाको मृत्युवियोगमा थिए । सात दिनदेखि शोकमग्न हरिनारायणको परिवारमा उक्त राति नसोचेको घटना हुन्छ । मध्यराति मदिराले लठ्ठ भएका दुई युवा हरिनारायणको घरमा पस्छन् र उनीहरूमाथि आक्रमण सुरु गर्छन् । आमाको किरियामा बसेका माइला छोरा किरणसह...
मोरङ कारागारमा महिला कैदीले गरिन् आत्महत्या

मोरङ कारागारमा महिला कैदीले गरिन् आत्महत्या

विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत भेटिएकी छन् । आज बिहान करिब ४ः३० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् । महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिए । उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । जेलर ढुङ्गे...
आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक छ : मुख्यमन्त्री कार्की

आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् । आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै उनले विधेयकको विषयमा थप छलफल गर्ने बताएका हुन् । मुख्यमन्त्री कार्कीले संसद् भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकोले सरोकारवाला दलहरूसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए । उनले आफू कोशी प्र...
धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धरानमा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१४ विजयपुर चोकमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धरान-१४ का ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विजयपुर चोकबाट बुढासुब्वा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटो...
विराटनगरमा सरकारी गाडी आगजनी गर्ने विद्यार्थी नेताले पाए सफाइ 

विराटनगरमा सरकारी गाडी आगजनी गर्ने विद्यार्थी नेताले पाए सफाइ 

विराटनगर । विराटनगरमा सरकारी गाडी आगजनी गरेको आरोप लागेका विद्यार्थी नेताहरूले सफाइ पाएका छन् । अदालतले प्रमाणको अभाव देखाउँदै आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो । २०८१ साल जेठ २७ गते बिहान रोडशेष चोकबाट कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान...
आज हरितालिका तीज पर्व मनाइँदै

आज हरितालिका तीज पर्व मनाइँदै

विराटनगर । आज नेपाली महिलाहरूले धुमधामका साथ हरितालिका तीज पर्व मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्त...
सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

सवारी नम्बर प्लेटबाट देवनागरी लिपि नहटाउन देशभरबाटै ध्यानाकर्षण

विराटनगर । सरकारले अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै गरेको निर्णयप्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ । नेपाली भाषा र लिपिको अस्तित्व संकटमा पार्ने गरी गरिएको निर्णय तत्कालै सच्याउनुपर्ने भन्दै परिषद्ले देशैभरबाट ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको परिषद्ले आज भौतिक पूर्...
नेपालले पायो रुबेला निवारणको प्रमाणपत्र 

नेपालले पायो रुबेला निवारणको प्रमाणपत्र 

काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा रुबेला निवारणको प्रमाणपत्र उपलब्ध गराइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । डब्लुएचओले यही भदौ २ गते नेपालमा रुबेला ...
यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

यी हुन् कालोसूचीमा परेका ११ निर्माण कम्पनी 

विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि पठाएअनुसार ती कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका यी क...
विराटनगरमा कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

विराटनगरमा कालोपट्टी बाँधेर निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

विराटनगर । निजी विद्यालय सञ्चालकहरूले आज विराटनगरमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले देशभरसँगै विराटनगरमा पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालयका सङ्गठनहरूले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा विधेयकमा पूर्णछात्रवृत्तिको व्यवस्था र गैरनाफामूलक भन...
२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

२० लाख ठगीको आरोपमा रंगेलीका पुरुष चितवनबाट पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ घर भई चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा बस्दै आएका पुरुष पक्राउ परेका छन् । २० लाख रुपैयाँ ठगीको आरोपमा ४२ वर्षीय अमित महतो भन्ने कृष्ण मुर्मुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङलाई ठगेका थिए । उनले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङसँगको मिलेमतोमा साझ...
मोरङको रतुवामाईमा ग्यास लिक भएर आगलागी, नास्ता र किराना पसलमा क्षति

मोरङको रतुवामाईमा ग्यास लिक भएर आगलागी, नास्ता र किराना पसलमा क्षति

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौँठामा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । आज बिहान स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । प्रहरीले ...
विराटनगरबाट १४७ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

विराटनगरबाट १४७ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

विराटनगर । विराटनगर-१५ मण्ठापोखरी मन्दिर अगाडिबाट ठूलो परिमाण लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको कटिहार शिवानापुर-४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहार खरसोता-५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् । शंकास्पद रूपमा ...
यस्तो छ कोशी प्रदेश सरकारले सार्वजनिक गरेको स्वास्थ्य नीति (पूर्णपाठ)

यस्तो छ कोशी प्रदेश सरकारले सार्वजनिक गरेको स्वास्थ्य नीति (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने उद्देश्यका साथ स्वास्थ्य नीति बनाइएको हो । ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को गत साउन १६ गतेको बैठकले स्वीकृत गरेको थियो । स्वास्थ्य मन्त्राल...
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-१४ आईसीपी रोडको भित्री पक्की सडकखण्डमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रूपेशकुमार राजवंशीको मृत्यु भएको हो । आइतबार साँझ आफैँ अनियन्त्रित भएर विराटनगर १ ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकि...
error: Content is protected !!