सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको छ । आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा जाने क्रममा रनवेबाट दुर्घटनामा परेको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।  विमानस्थलमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विम...
झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापाको अर्जुनधारामा धान खेतमा मृत भेटिए पुरुष

झापा । झापाको अर्जुनधारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय बासिन्दाको घर नजिकै रहेको धान खेतमा पुरुष मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–१ स्थित होम अधिकारीको घरपछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टाटु भएका ती पुरुषको उमेर अन्दाजी ४० वर्षजस्तो देखिएको स्थानीयले बताएका छन् । घटनास्थल पुगेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरील...
लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

लुम्बिनीमा बन्यो कांग्रेस–एमाले गठबन्धन सरकार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले कांग्रेस र एमालेका गरी ८ जना सांसदलाई विना विभागीय मन्त्री बनाएका हुन् । आज बिहान पद तथा गोपनीयताको शपथ लिएकासँगै मुख्यमन्त्री आचार्यले मन्त्रिमण्डल विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा रहेका छन्...
आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।...
पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल...
एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

एसिया कप क्रिकेटः नेपाल समूह चरणबाटै बाहिरियो

विराटनगर । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह 'ए' बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् । ...
सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल ...
कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

कोशीमा जबरजस्ती करणीका ५१७ मुद्दा दर्ता

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विभिन्न शीर्षकमा ९ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएको उल्लेख गरेको छ । सामाजिक अपराध शीर्षकमा १ हजार ५७४, आत्महत्या शीर्षकमा १ हजार ५५४, लागूपदार्थसम्बन्धी १ हजार ३९, बैङ्किङ कसुरमा १ हजार ४ मुद्दा दर्ता भएको कोशी...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विराटनगरका विद्यार्थीहरु सम्मानित

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका ६ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ । विभिन्न ४ विद्यालयका ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । ३ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर–५ को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बुढानीलकण्ठ स्कुल सम्मानित भएका हुन् । यस्तै, सामुदाय...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले धम्क्याएको भन्दै सचिवद्वारा सुरक्षा माग

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने भन्दै धम्क्याएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले बताएका छन् । आफूलाई टेलिफोनबाट कुटपिट गर्ने धम्की दिइएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेला आयोजित खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि न...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

बलात्कार आरोपमा खोटाङको रावाबेसीका युवक पक्राउ

खोटाङ । खोटाङको रावाबेसीमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका–२ खार्पा बस्ने ३२ वर्षीय टेकबहादुर नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  नेपालीले ती युवतीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्...
सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको...
मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको बेलबारीमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो । अस्पताल ल्या...
१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

१५ अर्बभन्दा बढीको चिया, अलैँची र अदुवा निर्यात

झापा । झापाको काँकडभिट्टा नाका हुँदै आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ ।  उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको तथ्याङ्क छ । उक्त नाकाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवले बताए । यो न...
छिमेकीको हत्या गरेको आरोपमा पक्राउ

छिमेकीको हत्या गरेको आरोपमा पक्राउ

सिरहा । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका ५२ वर्षीय बचाइ महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार उनले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको खुलेको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाक...
एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

एसिया कपः समूह चरणको अन्तिम खेलमा भिड्दै नेपाल–भारत

विराटनगर । श्रीलङ्कामा जारी महिला एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा हुनेछ । एक–एक खेल बाँकी रहँदा समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले दुई खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ । एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ...
विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार ५९३ विद्यार्थीले अनुमति पत्र लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार ७३१ जना रहेका छन् । त्यसैगरी, क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जन...
देशभरका एम्बुलेन्सको रङ र साइरनमा एकरूपता ल्याउन निर्देशन

देशभरका एम्बुलेन्सको रङ र साइरनमा एकरूपता ल्याउन निर्देशन

विराटनगर । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सका रङ, साइरन र अन्य सङ्केतहरूमा एकरूपता ल्याउन निर्देशन दिएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई ...
विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । बाढी, पहिरोलगायत विपदका घटनामा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा दुई जना तथा कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विभिन्न जिल्लामा भएका घटनामा १४४ जना ...
लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त

लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता  धर्मा अर्यालले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ ।  यसअघि आचार्यले कांग्रेस एमालेका ५६ ...
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

झापा । झापामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।  इलाम घर भई हाल झापाको दमक नगरपालिका–३ धिमाल टोल बस्ने १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो स्थानीय खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा उनी आफैंलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भ...
पूर्वी नाकाबाट १८ अर्बभन्दा बढीको कृषिजन्य र औद्योगिक वस्तु निर्यात

पूर्वी नाकाबाट १८ अर्बभन्दा बढीको कृषिजन्य र औद्योगिक वस्तु निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका काँकडभिट्टाबाट निर्यात उल्लेख्य बढेको पाइएको छ । एक वर्षको अवधिमा कृषिजन्य र औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार उक्त आर्थिक वर्षमा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरक...
सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौ...
विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगरका शिवालयहरूमा श्रद्धालुको भीड

विराटनगर । साउन महिनाको पहिलो सोमबार आज विराटनगरमा रहेका विभिन्न शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । महानगर र आसपास क्षेत्रमा रहेका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना गर्न भेला भएका छन् । विराटनगर महानगरपालिका–७, स्थित बनसखण्डी शिव मन्दिर, बरगाछीमा रहेको श्रीश्री १००८ बाबा बाशुकीनाथ महादेव मन्दिर, विराटनगर–६ स्थित बाबा गरिबनाथ शिव मन्दिर, विराटेश्वर शिव मन्दिरलगाय...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित घरमा उनको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या कसले किन गरेको हो भन्ने खुलिसकेको छैन । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

खोटाङ । ६ वर्षीया बालिका बलात्कारमा दोषी ठहरिएका एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३२ वर्षीय नवीन राई पक्राउ परेका हुन् । सर्वाेच्च अदालतले २०८० भदौ २५ गते दोषी ठहर गरी ९ वर्ष ४ महिना २३ दिन कैद सुनाएका राईलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । उनलाई साउन ४ गते सुनसरी धरान उपमहानगरपालिका–११ बाट पक्राउ गरी ५ गते दिक्तेल ल्याइएको थियो । आइतबार जि...
आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

विराटनगर । साउनको पहिलो सोमवार आज देशभरका शिवालयहरूको श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । काठमाडौँस्थित पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । साउन महिना र सोमबारको दिनलाई भगवान शिवको विशेष महिना र वार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरूमा भक्तजनको भीड लागेको हो । यसै अवसरमा पूर्वका झापास्थित अर्जुनधारा, धरानको पिण्डेश्वर, खोटाङको हलेसी मह...
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्...
 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

 महेन्द्र मोरङमा आयोजित निबन्ध लेखनमा चौधरी प्रथम

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र बिजयकुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको प्रतियोगितामा बीबीएस तेस्रो वर्षकी छात्रा अञ्जली साह द्वितीय र बीबीएस दोस्रो वर्षकी छात्रा भूमिका घिमिरे तृतीय भइन् । ‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध ...
error: Content is protected !!