संगालोखबर


विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० मा उत्कृष्ट नतिजा ल्याउने विराटनगर महानगरपालिका भित्रका ६ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ ।

विभिन्न ४ विद्यालयका ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । ३ जना विद्यार्थीले ४ जीपीएसहित शतप्रतिशत नतिजा ल्याउने सफल विराटनगर–५ को एभरेष्ट स्कुल र एक–एक जना ४ जीपीए ल्याउन सफल सगरमाथा र बुढानीलकण्ठ स्कुल सम्मानित भएका हुन् ।

Advertisement

यस्तै, सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने आदर्श मावि सम्मानित भएको छ । सम्मानित हुने विद्यार्थीहरूमा ४ जीपीए ल्याउने एभरेष्टका कृतज्ञ  दाहाल, राजुकुमार साह, सुब्रत बराल, बुढानीलकण्ठका सिरिन भट्टराई, सगरमाथाका प्रतिभा रौनियार र ३.९५ प्रतिशत ल्याउने आदर्श माविका अनिक कुमार केरवट छन् ।

महानगरले विद्यालय र विद्यार्थीलाई सम्मान पत्रले सम्मान गरेको हो । विराटनगर महानगरका ९७ विद्यालयका ४ हजार ४ सय २४ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये २ हजार ८९५ अर्थात् ६५ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

विराटनगर महानगरका १६ वटा विद्यालयको शतप्रतिशत नतिजा आएको विराटनगर महानगरका शिक्षा महाशाखाका निमित्त प्रमुख कृष्ण भट्टराईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!