संगालोखबर

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र बिजयकुमार चौधरी प्रथम भएका छन् ।

Advertisement

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको प्रतियोगितामा बीबीएस तेस्रो वर्षकी छात्रा अञ्जली साह द्वितीय र बीबीएस दोस्रो वर्षकी छात्रा भूमिका घिमिरे तृतीय भइन् ।

‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध लेख्न लगाइएको थियो । कार्यक्रममा क्याम्पस एकाइ समिति संयोजक सरोज यादव, सगरमाथा प्रदेश सहसचिव मुना बिष्ट, परिषद्का राष्ट्रिय सचिव तथा कोशी विभाग सङ्गठन सचिव विवश कटुवाल लगायत विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो ।



लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!