संगालोखबर
फाइल तस्विर

विराटनगर । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभर सञ्चालनमा रहेका एम्बुलेन्सका रङ, साइरन र अन्य सङ्केतहरूमा एकरूपता ल्याउन निर्देशन दिएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिका बमोजिम मापदण्ड पालना गर्न भनेको हो । निर्देशिकाले तोकेको मापदण्ड पूरा नगरेको अवस्थामा एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण नगरिने जनाइएको छ ।

Advertisement

मापदण्डमा एम्बुलेन्स पहिचान हुने साइरन, रातो लामो रङको संकेत बत्ती जडान भएको, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको, एम्बुलेन्सको चालकको पछाडिपटि्ट कुनै पनि सिट नराखिएको, नेपाल सरकारबाट राजस्व छुट प्राप्त गरेको भनी स्पष्ट देखिने गरी लेखिएको, जीपीएस अनिवार्य जडान गरिएको हुनुपर्ने भनिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!