संगालोखबर

काठमाडौँ । बाढी, पहिरोलगायत विपदका घटनामा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा दुई जना तथा कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

यसैगरी, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विभिन्न जिल्लामा भएका घटनामा १४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोशीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई–दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक गरी नौजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ताको खोजी जारी छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!