संगालोखबर

सिरहा । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका ५२ वर्षीय बचाइ महतो रहेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार उनले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको खुलेको थियो ।

प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो । घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका–१ दरहैयास्थित नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी सापकोटाले बताए ।

बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!