रामलाल गोल्छा आँखा अस्पतालद्वारा बालबालिकाको निःशुल्क आँखा जाँच
विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेसनले विश्व दृष्टि दिवसका अवसरमा बालबालिकाहरूको निःशुल्क आँखा जाँच गरेको छ । ‘बालबालिकाको आँखालाई माया गरौं’ भन्ने नाराका साथ शिविर सञ्चालन भइरहेको फाउण्डेसनले जनाएको छ ।
उपचार हुन सक्ने रोगले समेत बालबालिकामा अन्धोपनको समस्या बढाइरहेकाले समस्या निराकरण गर्ने उद्देश्यले निःशुल्क शिविरको आयोजना गरिएको अस्पताल व्यवस्थापक नवीन राजवंशीले बताए ।
बच्चाको ज...


























