संगालोखबर


विराटनगर । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका विभिन्न मापदण्ड पुरा गर्दै जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा ८२.३१ अङ्क प्राप्त गरेर प्रथम भएको भोजपुरलाई सम्मान गरिएको छ ।

यस्तै ७८.७० अङ्क प्राप्त गर्दै तेह्रथुम दोश्रो र ७६.१२ अंक प्राप्त गर्दै उदयपुर तेश्रो भएको छ । स्वास्थ्य कार्यालयहरूमा ७६.६४ अङ्क ल्याएर इलाम प्रथम भएको छ । धनकुटाले ७३.९१ र उदयपुरले ७१.७९ अङ्क ल्याएर क्रमशः दोश्रो र तेश्रो भएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

Advertisement

यस्तै आयुर्वेद कार्यालयहरू अन्तरगत ८०.७३ ल्याएर उदयपुर प्रथम भएको छ भने ७६.३९ अङ्क ल्याएर धनकुटा दोश्रो र ७३.२६ ल्याएर खोटाङ तेश्रो भएको छ । असोज २० गतेदेखि विराटनगरमा शुरु भएर आज सम्पन्न भएको एकीकृत वार्षिक समीक्षा गोष्ठीमा कोशी प्रदेशका स्वास्थ्य कार्यालयहरू, जिल्ला अस्पतालहरू र आयुर्वेद कार्यालयहरूको प्रगति समीक्षा गरिएको थियो ।

समीक्षा कार्यक्रममा मेची प्रादेशिक अस्पताल, कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, युएन एजेन्सी, एआईएन, अफिन, प्रदेश बीमा कार्यालयको पनि प्रगति समीक्षा गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मुकुन्द दाहालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!