उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष खड्काको निधन

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदम खड्काको निधन भएको छ । ९ दिनअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । सुनसरीको बराहक्षेत्र नगरपालिका–२, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा उनी घाइते भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि उनलाई काठम...
सुनको मूल्य तोलामा १९ सयले बढ्यो

सुनको मूल्य तोलामा १९ सयले बढ्यो

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन प्रति १० ग्राम १ लाख २४ हजार ५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८४० रुप...
खैरो हेरोइनसहित झापामा दुईजना भारतीय पक्राउ

खैरो हेरोइनसहित झापामा दुईजना भारतीय पक्राउ

झापा । भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउन सक्रिय दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सालमारा भन्ने ठाउँमा बिहिवार बेलुका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साइकलमा आइरहेका भारतको किसनगन्जका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा आइरहेको पाइएपछि प्रहरीले उनीहरुको जाँच गरेको थियो । त्यस क्रममा उनीहरुको...
भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन

विराटनगर । तत्कालका लागि एक अर्ब रुपैयाँ भुक्तानी दिने सरकारी आश्वासनपछि दुग्ध किसानको आन्दोलन स्थगन भएको छ । भुक्तानी नपाएको भन्दै किसान र दुग्ध उत्पादक संस्थाका प्रतिनिधिले विरोध प्रदर्शन गर्दै आएका थिए । काठमाडौंस्थित दुग्ध विकास संस्थान (डीडीसी) घेराउ गर्नेलगायत आन्दोलनका कार्यक्रम गर्दै आएका उनीहरुले सरकारी आश्वासनपछि आन्दोलन स्थगन गरेका हुन् । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रा...
धनकुटाको महालक्ष्मीमा विद्युतीय गाडी दुर्घटना

धनकुटाको महालक्ष्मीमा विद्युतीय गाडी दुर्घटना

धनकुटा । महालक्ष्मी नगरपालिका–५ बरडाँडानजिक विद्युतीय माइक्रो गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४२७६ नम्बरको यात्रुबाहक माइक्रो आफैं अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बिहिवार अपराह्न भएको उक्त दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया कल्पना दाहाल र भोजपुरको भोजपुर नगरपालिका–७ की २३ वर्षीया सीमा राई घाइत...
मोरङको रंगेलीमा खेतमा काम गरिरहेका वृद्ध मृत भेटिए

मोरङको रंगेलीमा खेतमा काम गरिरहेका वृद्ध मृत भेटिए

विराटनगर । मोरङको रंगेलीमा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन् । रंगेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेव बिहिवार अपराह्न खेतमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खेतको आली लगाउने र रोपाइँका लागि तयार गर्ने काम जिम्मा लिएका उनी केही दिनदेखि काम गर्दै आएका थिए । प्रहरीका अनुसार काम गरिरहेकै अवस्थामा उनी मृत फेला परेका हुन् । स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गर...
एक साताभित्र आउँदै एसइईको नतिजा

एक साताभित्र आउँदै एसइईको नतिजा

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघिको अन्तिम तयारी भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १० तर्फ) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राल...
बाढीले संखुवासभामा पक्की पुल बगायो

बाढीले संखुवासभामा पक्की पुल बगायो

संखुवासभा । खाँदबारी–किमाथांका सडक खण्डको एकुवाखोला माथिको पक्की पुल बुधबार राति आएको बाढीले बगाएको छ । मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्की पुल बगाएको हो । पुल बगाएसँगै भोटखोला गाउँपालिका आवतजावत गर्न समस्या भएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका अनुसार करिब ३० मिटर लामो पक्की पुल बाढीले बगाएको हो । पुल बगाउँदा ४ करोडभन्दा बढी क्षति भएको योजना प्रमुख इन्जिनियर सविन कोइरालाले बताए । यो पुल ...
मोडर्न एराले जित्यो प्याब्सन विराट कपको उपाधि

मोडर्न एराले जित्यो प्याब्सन विराट कपको उपाधि

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको मोडर्न एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहिवार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डीपीएस) लाई १–० गोलले हराउँदै मोडर्न एराले उपाधि जितेको हो । जितसंगै मोडर्न एराले २५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता डीपीएसले ११ हजार रुपैयाँमा चित्त बुझायो । जितका लागि मोडर्न एराका अमन माझीले खेलको ५५...
पूर्वमा सक्रिय मनसुन आइतवारसम्म देशभर फैलने

पूर्वमा सक्रिय मनसुन आइतवारसम्म देशभर फैलने

विराटनगर । केही दिनयता पूर्वी भेगमा बढी सक्रिय मनसुन आगामी आइतबारसम्म देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो । नेपालमा मनसुन ...
नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

नेपालीसहित आठ देशका कलाकारले गाएको ‘सङ्गीतम् परमानन्दम्’ आउँदै

विराटनगर । विश्वका आठ मुलुकका कलाकारहरूले स्वर दिएको ‘सङ्गीतम् परमानन्दम्’ गीत बिमोचन गरिने भएको छ । जुन २१ तरिख अर्थात् विश्व सङ्गीत दिवसको अवसरमा उक्त गीत विमोचन गर्न लागिएको हो । सङ्गीतले नै प्रत्येक जात जाति, श्रेणी, धर्मलगायतले खडा गरेको बाधा अड्चन छेल्दै हामीलाई एक उच्च रमणीय अनुभवमा पुर्याउने उद्देश्यका साथ भारतीय महिला संगीतकारहरूको अगुवाइमा उक्त गीत बनाइएको हो ।  उक्त गीतले अनेकतामा एक...
वर्षाजन्य विपद व्यवस्थापनका लागि मोरङ एमालेद्वारा कार्यदल गठन

वर्षाजन्य विपद व्यवस्थापनका लागि मोरङ एमालेद्वारा कार्यदल गठन

विराटनगर । नेकपा एमाले मोरङका सबै जनसंगठनहरु वर्षासँगै आउने विपद व्यवस्थापनको पूर्वतयारीमा जुटेका छन् । पार्टी कार्यालयमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले वर्षायाममा हुन सक्ने जनधनको क्षति न्यूनीकरणमा सक्रिय हुने निर्णय गरेको हो । संयन्त्रका प्रमुख रबिन थापाको संयोजकत्वमा २३ वटै जनसंगठनका जिल्ला अध्यक्षहरु रहने गरी कार्यदल गठन गर्दै विपद व्यवस्थापनमा लाग्ने तयारी गरिएको प्रेस चौतारी मो...
विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगरको प्रतिभा प्रतिष्ठानद्वारा पुरस्कार घोषणा

विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले स्थापना गरेको पुरस्कार यो वर्ष सातजना स्रष्टालाई प्रदान गरिने भएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि योगदान दिएका कवि निबन्ध तथा आख्यानकार भुवन ढुङ्गानालाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी, लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार महेश संस्कृत गुरुकुलम् देवघाट तनहुँलाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार हास्य व्यंग्यकार लक्...
विराटनगरमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क दन्त शिविर

विराटनगरमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क दन्त शिविर

विराटनगर । विराटनगर महानगरपालिका–८ मा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ । वडाले जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको हो । ६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । बिहिवार बिहान विराटेश्वर वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरूको र दिउँसो वडा कार्यालयमा वडाबासीहरूको दन्त परीक्षण गरिएको वडाध्यक्ष राम पोखर...
कोशी प्रदेश सरकारको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ पारित

कोशी प्रदेश सरकारको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ पारित

विराटनगर । कोशी प्रदेश सरकारको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१’ पारित भएको छ । योजना पारित भएसँगै आगामी आर्थिक वर्षमा विपदका बेला प्रतिकार्य योजनाहरु गर्न सहज हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले योजना पारित गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विपदका बेला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । प...
कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलित

कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलित

विराटनगर । कोशी प्रदेशका लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले आफूहरुलाई विभेद गरेको भन्दै प्रदेश तहका लेखा अधिकृतहरु काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । आर्थिक वर्षको अन्त्यमा उनीहरु ‘पेन डाउन’ गरी आन्दोलनमा उत्रिएपछि काम प्रभावित भएको छ । ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने मागसहित उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् । आज र भोलि...
कोशी प्रदेशमा दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना तयार गरिने

कोशी प्रदेशमा दुर्घटना न्यूनीकरण गर्न कार्ययोजना तयार गरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा आज आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ...
रतुवा खोलाले बगाउँदा झापाको दमकमा एकजनाको मृत्यु

रतुवा खोलाले बगाउँदा झापाको दमकमा एकजनाको मृत्यु

झापा । खोलाले बगाउँदा झापाको दमकका एकजनाको मृत्यु भएको छ । रतुवा खोलाको बाढीले बगाउँदा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन विकको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारबाट सम्पर्कविहीन बनेका उनको खोजी भइरहेको थियो । स्थानीय बासिन्दाले खोलामा शव बगेर आएको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको पहिचान खुलेको हो । मृतकको परिवारलाई घटनाबार...
बिहेमा सहभागी हुन आएका दुहबीका युवकको विराटनगरमा हत्या

बिहेमा सहभागी हुन आएका दुहबीका युवकको विराटनगरमा हत्या

विराटनगर । आफन्तको बिहेमा सहभागी हुन आएका सुनसरीको दुहबीका एक युवकको विराटनगरमा हत्या भएको छ । दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको प्रहरीले जनाएको छ । अक्लेशकुमार विराटनगर महानगरपालिका–४ इक्राहीस्थित ठूलोबुवा रामलोचन यादवको घरमा आएका थिए । बिहेमा सहभागी हुन आएका उनलाई विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीए...
मोरङको बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु, तीनजना गम्भीर घाइते

मोरङको बुढीगंगामा दुर्घटना, एकजनाको मृत्यु, तीनजना गम्भीर घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारी चोकमा बुधबार मध्यराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । राति करिब पौने १२ बजे भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । कोशी राजमार्गमा पर्ने टंकिसिनवारी चोकमा प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल आपसका ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय ...
खोलाको कटानले इटहरीका ६ परिवार विस्थापित

खोलाको कटानले इटहरीका ६ परिवार विस्थापित

सुनसरी । ट्यांग्रा खोलाको कटानले घर भत्किएपछि इटहरी उपमहानगरपालिका–१३ का ६ परिवारत विस्थापित भएका छन् । कटानका कारण दर्जनभन्दा बढी घरहरु जोखिममा परेका छन् । मंगलबार रातिदेखिको वर्षापछि आएको बाढीले आसपासका घरहरु भत्काएको थियो । विस्थापित भएका परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् । इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प नारायण चौधरीले जोखिममा परेका घरहरुलाई जोगाउन तथा बाढी नियन्त्रणका ...
विराटनगरमा आदिवासी जनजाति समुदायको मौलिक नृत्य प्रदर्शनी

विराटनगरमा आदिवासी जनजाति समुदायको मौलिक नृत्य प्रदर्शनी

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायले मौलिक पहिचान सहितको भेषभूषा तथा नृत्य प्रस्तुत गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद सचिवालय विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा प्रदर्शनी गरिएको हो । विराटनगरको संगम पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा विराटनगरका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरु भेला भेला भएर कार्...
स्काउट दिवसमा धनकुटाको पाख्रीबासमा कार्यक्रम

स्काउट दिवसमा धनकुटाको पाख्रीबासमा कार्यक्रम

धनकुटा । नेपाल स्काउटको ७३ औं स्थापना दिवस अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेस्थित बालपञ्च माध्यमिक विद्यालयमा बालपञ्च स्काउट ट्रुपको आयोजनामा विविध कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक ज्ञानबहादुर गुरुङ तथा उपप्रमुखका साथै स्थानीय प्रमुख स्काउट नम्रता गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा पाख्रीबास नगरपालिकाको कार्य...
बुढीखोलामा पौडी खेल्दा बर्जुका चौधरी बेपत्ता

बुढीखोलामा पौडी खेल्दा बर्जुका चौधरी बेपत्ता

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का ४१ वर्षीय प्रमोद चौधरी बुढीखोलामा बेपत्ता भएका छन् । बुधबार मध्याह्न पौडी खेल्न खोलामा पसेका उनी बेपत्ता भएको वडाध्यक्ष अशोक चौधरीले जानकारी दिए । ‘छिमेकमा मरिमराउ भएको थियो’, वडाध्यक्ष चौधरीले भने, ‘दाहसंस्कार गरेको चार दिनमा पुनः त्यही ठाउँमा गएर संस्कार अनुसारको काम गर्नुपर्ने भएकाले छिमेकीहरूसँगै उनी पनि गएछन् । पौडी खेल्न जबरजस्ती पस्दा खोलामा बाढी...
विराटनगरका दिवश राजवंशी स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित

विराटनगरका दिवश राजवंशी स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित

विराटनगर । विराटनगरका दिवश राजवंशी नेपाल स्काउटको दीर्घ सेवा पदकबाट सम्मानित भएका छन् । स्काउटको माध्यमबाट १५ वर्षभन्दा बढी सेवा गरेबापत पाउने पदकबाट राजवंशी सम्मानित भएका हुन् । स्काउटको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उनी सम्मानित भएका हुन् । २०४७ सालमा नरग्राम माध्यमिक विद्यालयबाट स्काउटको अभियानमा होमिएका उनी विभिन्न भूमिकामा रहँदै पूर्वाञ्चल स्काउट ट्रु...
‘शत्रु’ मञ्चनसँगै विराटनगरमा आरोहण नाटक महोत्सव समापन

‘शत्रु’ मञ्चनसँगै विराटनगरमा आरोहण नाटक महोत्सव समापन

विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबार शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वरप्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्य रुपान्तर तथा प्रज्वल पराजुलीको निर्देशनमा तयार उक्त नाटकले एउटा व्यक्तिको मनोविज्ञानलाई देखाएको थियो । नकारात्मक तत्वहरुले मानिसको ...
बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

बाढीपहिरोमा परी ताप्लेजुङमा पाँचजनाको मृत्यु, ३४२ जना विस्थापित

ताप्लेजुङ । यो वर्षको मनसुन सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परी पाँचजनाले ज्यान गुमाएका छन् । बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विस्थापित हुने अधिकांश सिरिजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार आठवटा घरमा पूर्णरुपले क्षति भएको छ । यस्तै, जिल्लाका विभिन्न स्थानका ५५ वटा घर ...
रोकिएको भुक्तानी दिन माग गर्दै दुध उत्पादक किसान आन्दोलित

रोकिएको भुक्तानी दिन माग गर्दै दुध उत्पादक किसान आन्दोलित

विराटनगर । दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै किसानहरु फेरि आन्दोलित भएका छन् । ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै किसानका प्रतिनिधिले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान ( डीडीसी) अगाडि बुधबार प्रदर्शन गरेका छन् । त्यस क्रममा डीडीसी कार्यालयमा तालाबन्दी गर्न खोज्ने केही किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको केही स...
पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

पहिरोले मोरङको मिक्लाजुङका दुई घरमा क्षति, सडक अवरुद्ध

विराटनगर । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–१ को कोलबोटेमा झरेको पहिरोले स्थानीय दुई घरमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार पहिरोले स्थानीय सन्तोष राई र मणिकुमार राईका घरमा क्षति पुगेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पहिरोका कारण ती दुई घरमा रहेका धनमालमा पनि नोक्सानी पुगेको छ । मानवीय क्षति भने भएको छैन । धनकुटा, इलाम र पाँचथरसँग सीमाना जोडिएको उक्त क्षेत्रमा...
संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

संसद् भवनमा प्रहरीद्वारा आफैंमाथि गोली प्रहार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बिहान एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । संसद् भवनमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बिहान करिब ८ बजे आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको संसद् सचिवालयले जनाएको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद् सुरक्षा बेसमा कार्यरत् थिए । आफूले बोकेको इ...
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । लोकमार्गअन्तर्गत खुर्काेट–घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ अक्करेभीर, गोलञ्जोर–१ कुडुलेका साथै फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । खुर्काेटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेको प्रहरीले जनाएको छ । पहिरोले गोलञ्जोर–१ कु...
error: Content is protected !!