विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सुन प्रतितोला आठ सय रुपैयाँले बढेको थियो । सो दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।
आज चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।