विराटनगरमा मोटरसाइकल चोरीका घटना बढ्दै, थोरै मात्र भेटिन्छन्
विराटनगर । असोज १८ गते आइतबार दिउँसो सुमन गुरागाईंले विराटनगर-६ सरोचियास्थित शैलेश मन्दिर अगाडिको सडकमा मोटरसाइकल पार्किङ गरे । चाबी गोजीमा राखेर उनी आफ्नो कामतर्फ लागे ।
तर काम सकेर फर्कँदा उनको मोटरसाइकल चोरी भइसकेको हुन्छ । सिसी क्यामेरा फुटेज अनुसार दिउँसो करिब ३ः३० बजे उनको प्र. १-०२-०६० प ४६७७ नम्बरको मोटरसाइकल चोरी भएको देखिन्छ ।
फुटेजमा एक जना मानिस केही समय मोटरसाइकल राखेको स्थान वरिप...































