प्रदेश राजधानी विराटनगरको हिलाम्मे सडक, जसले दिन्छ ‘कर्णाली’ को झल्को
विराटनगर । विराटनगर महानगरपालिका-१ भट्टाचोकस्थित समता मार्गका स्थानीय अलपत्र सडकका कारण दिनहुँ सास्ती खेप्न बाध्य छन् । एम्बुलेन्स, सिटी सफारी लगायतका सवारी साधन सहजै आवत-जावत गर्न सक्ने अवस्था छैन । जसका कारण बिरामीलाई समयमै उपचारका लागि अस्पताल लैजान पनि समस्या छ ।
सडकबाट पैदल हिड्न सक्ने अवस्था छैन । नालाभन्दा सडक होचो स्थानमा भएका कारण पानी जमेर हिलाम्मे छ । नालापनि ढक्कन नलगाएर खुला नै छा...































