ताप्लेजुङमा धाननाचको स्तम्भ

ताप्लेजुङमा धाननाचको स्तम्भ

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धाननाचको स्तम्भ राखिएको छ । तोक्मेडाँडामा करिब ८० लाखको निर्माण गरिएको स्तम्भको बिहीबार उद्‌घाटन गरिएको छ ।  धान नाच स्तम्भ किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या-राक्मा तेन निर्माण समितिले संयुक्त रूपमा बनाएका हुन् ।  पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्...
तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुमको उच्च क्षेत्रमा हिमपात

तेह्रथुम । तेह्रथुमको पर्यटकीय क्षेत्रहरू मंगलबारे, गुफा पोखरी लगायतका क्षेत्रमा हिमपात भएको छ । मंगलबार बेलुका हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ । गतवर्ष जस्तो बाक्लो हिउँ नपरे पनि चिसो बढेको स्थानीय इन्द्र पोखरेलले बताए । उनका अनुसार हिउँ पग्लिन थालेको छ । पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च क्षेत्रमा पनि हिमपात भएको छ । हिमपात छिमेकी राष्ट्र भारतसँग जोडिएको सिमाना लगायतका क्षेत्रमा भएको हो ...
पाँचथरमा एक पुरुष मृत फेला

पाँचथरमा एक पुरुष मृत फेला

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा एक पुरुष मृत फेला परेका छन् । फिदिम नगरपालिका-८ रानिटारका ६८ वर्षीय लक्षुमण मुखिया आज फिदिम स्थित बुद्धमार्गमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार उनी फिदिम-१ बुद्धमार्गमा बस्दै आएको खुलेको छ । आज बिहान उनी घर अगाडिको सडकमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साहले जानकारी दिए । उनको शव जिल्ला अस्पताल पाँचथरको शवगृहम...
अशक्त तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

अशक्त तथा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका तीन सय ६६ जना अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पालिकाले प्रत्येक वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधी वितरण गरेको हो । सूचना अधिकारी जितेन लिम्बूका अनुसार शिविरमा सात जनालाई रातो, ३९ जनालाई निलो, २१ जनालाई पहेँलो र ३४ जनालाई सेतो गरेर एक सय एक जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । ...
तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुमको मझौ गुफा प्रचारका लागि भलिबल प्रतियोगिता

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ हाङसुरुङमा अवस्थित मझौ गुफा ओझेलमा परेको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेका भएपनि प्रचार-प्रसारको अभावमा गुफा ओझेलमा परेको हो । गुफा जाने स्थानमा खेलमैदान छ । खेलमैदानबाट गुफा जानका लागि सिँढी पनि निर्माण गरिएको छ । तर यसको प्रचार हुन नसक्दा ओझेलमा नै परेको छ । गुफाको प्रचार गर्न स्थानीयले प्रत्येक वर्ष स्थानीय सरकारको सहयोगमा विभिन्न कार्यक्रम गर्दै...
ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा माघेनी मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै पुस २५ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टो...
ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स सञ्चालनमा आएसँगै तीर्थयात्रीलाई सहज भएको छ । दैनिक सयौँको संख्यामा पाथिभरामा तीर्थयात्री पुग्ने गरेका छन् ।  तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेक्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । हेल्प डेक्स साउनमा स्थापना गरिएको हो ।  ‘चिसो पनि बढी हुने, ...
इलामको डेरी उद्योगमा आगलागी

इलामको डेरी उद्योगमा आगलागी

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी भएको छ । सन्दकपुर-३ तालगाउँका ४४ वर्षीय सागर खतिवडाले आफ्नै घरमा सञ्चालन गर्दै आएको डेरी उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ३० लाख बराबरको क्षति भएको छ । दुध तताउने क्रममा अचानक आगलागी हुँदा घरसहित अन्नपात, लत्ताकपडा र डेरी पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नि...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले छात्रवृति प्रदान गरेको छ । रिड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । रीड नेपालका प्रबन्धक राजेन्द्र पन्तका अनुसार विभिन्न सङ्कायमा अध्ययनरत सात जना विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको हो...
चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो । चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे । चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयो...
काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा पक्की पुल सञ्चालनमा आएसँगै बेलिब्रिज फुङलिङ-ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी गरिएको हो । उत्तर-दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्...
फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

फिदिममा सातौँ सुम्हालुङ मिनी म्याराथन हुँदै

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ९ किलोमिटर लामो सुम्हालुङ मिनि म्याराथन हुने भएको छ । किराँत लिम्बू जातिको मौलिक पर्व चासोक तङनामको अवसर पारेर म्याराथन हुन लागेको हो । सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानको आयोजनामा पुस १३ गते म्याराथन हुनेछ । आयोजकले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । सुम्हालुङ मन्दिरबाट सुरु हुने म्यारथन पाँचथर क्...
मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाँचथर । काठमाडौंको मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न क्वाटरफाइनल चरणको दोस्रो खेलमा सुनसरीको न्यू स्टार क्लबलाई ६-२ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । मच्छिन्द्र झापा-११ लाई हराएर क्वार्टरफाइनलमा पुगेको थियो । सुनसरी समुह ‘ख’ बाट वाई पाएर सिधै क्वार्टरफाइनलमा खेलेको हो । प्रतियोगिता पुस १५ गत...
फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

फाल्गुनन्द गोल्डकप : त्रिभुवन आर्मी क्लब पहिलो खेलबाटै बाहिरियो

पाँचथर । त्रिभुवन आर्मी क्लब पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । टाइब्रेकरमा आयोजक फिदिम स्पोर्टिङ क्लबसँग ४-२ गोल अन्तरले पराजित हुँदै विभागीय टोली घर फर्किएको हो । निर्धारित समयमा बराबरीमा टुङ्गिएको खेल टाइब्रेकरमा धकेलिएको थियो । आयोजकका तर्फबाट आशिष चापागाईँ, विशाल दर्जी, राम वाजी र निरोज लिङ्देनले गोल गरेका थिए । आर्मीका निरज कुमार घिसिङ र सन्तोष केसीले गोल गरेपन...
ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते 

ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा सर्पले डस्दा एक जना घाइते भएका छन् । हान्द्रुङ स्थित कोठामा बस्दै आएका भारतको कोलकाता घर भएका १९ वर्षीय आर्फत आलीलाई सर्पले डसेको हो । सानिमा हाइड्रो पावरमा काम गर्ने उनलाई नाम नखुलेको सेतो रङको सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार आलीलाई हिजो दिउ...
फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

फाल्गुनन्द गोल्डकप : मछिन्द्र क्लबसँग झापा ५-० गोल अन्तरले पराजित

पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपमा झापा ११ विरुद्ध मछिन्द्र क्लबले ५-० गोल अन्तरको जित निकालेको छ । खेलमा एकोहोरो हावी भएको मछिन्द्रले झापाविरुद्ध गोलको वर्षा गर्दै जित निकालेको हो । खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको सामु झापा ११ निरिह देखिएको थियो । खेलको पहिलो हाफको १९ औ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले झापाविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि उत्सव राईले अर्को गोल थपे । विजु भु...
ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ  

ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ  

ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १४ वर्षीय नाबालिकालाई करणी गरेको अभियोगमा ३८ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नयाँ मोबाइल किनिदिएर बालिकालाई करणी गरेको जाहेरीको आधारमा पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतल...
अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 

अलैँचीको मूल्य १२ वर्षयताकै उच्च हुँदा कृषक खुसी 

तेह्रथुम । कालो सुन अर्थात अलैँचीले राम्रो भाउ पाएपछि कृषकमा खुसी थपिएको छ । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैँची कारोबार भइरहेको छ । जसले कृषकमा थप जाँगर थपिदिएको छ । तेह्रथुममा उच्च गुणस्तरीय अलैँची प्रतिमन एक लाख १० हजार सम्ममा बिक्री भइरहेको छ । अलैँचीको पुराना बगान मासेर नयाँ बगान विस्तार गरिरहेका किसानलाई यसले थप उर्जा दिएको फेदाप गाउँपालिक-२ का कृषक कृष्ण दुलालले बताए । ‘एक पटक बिरु...
तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुममा मापसे गरेर ‘बबन्डर’ मच्चाएका बुढाथोकीको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेका एक व्यक्तिले मादक पदार्थ सेवन गरेर ‘बबन्डर’ मच्चाएका छन् । सोही वडाका अन्दाजी ४२ वर्षीय अमृत बहादुर बुढाथोकीले शुक्रबार मापसे गरेर छिमेकी दम्पती र पशु चौपायालाई खुकुरी प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका थिए । छिमेकी हरि बहादुर माझी र उनकी श्रीमती फुलमायालाई खुकुरी प्रहार गरेर बुढाथोकीले घाइते बनाएका थिए । बुढाथोकीले अर्का छिमेकी विज...
तेह्रथुममा टिकटक बनाउँदा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुममा टिकटक बनाउँदा खोलामा खसेर दुई जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको छ । स्थानीय गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका र सोही विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको हो । आज दिउँसो करिब साढे दुई बजे टिकटक बनाउने क्रममा खोरूङ्गाको हाइड्रोपावर खोलामा झरेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर घर भएकी शिक्षिका अन्दाजी २५ वर्षीया रविना राजवंशी र मोराहाङ बजारकी अ...
हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि  

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्पेगोला पापुङले जितेको छ । आज भएको फाइनल खेलमा यातायात व्यवसायी सङ्घ ताप्लेजुङलाई २–३ गोल अन्तरले हराउँदै पापुङले उपाधि जितेको हो । विजेता टोलीले एक लाख एक हजार एक सय ११ नगद र उपविजेताले ६१ हजार नगदसहित ट्रफी पाए । खेलकुद क्षेत्रको विकाससँगै मिक्वाखोला रहेको फुङ्फुङे झरनासह...
पाथीभरामा एक महिनामा ४१ लाख भेटी सङ्कलन

पाथीभरामा एक महिनामा ४१ लाख भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनाको अवधिमा ४१ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंसिर महिनामा ४१ लख १७ हजार रुपैयाँ भेटी सङ्कलन भएको हो । सङ्कलित रकम नेपाल बैँक लिमिटेड ताप्लेजुङ शाखामा जम्मा गरिएको समितिले जनाएको मंसिर महिनामा २१ हजार एक सय ८० जनाले पाथिभराको दर्शन गरेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । समितिले प्रत्येक मह...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले विद्यार्थीलाई कोचिङ पढाउने 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले विद्यार्थीलाई कोचिङ पढाउने 

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कोचिङ पढाउन प्रति विद्यालय डेढ लाख रुपैयाँसम्म विनियोजन गरेको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको कोचिङ पढाउन गाउँपालिकाले बजेट विनियोजन गरेको हो । माध्यमिक विद्यालयलाई एक लाख ५० हजार र निम्नमाध्यमिक विद्यालयमा लागि एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । कक्षा ८ को परीक...
पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमाथिको पुल ६ वर्षदेखि अलपत्र

तेह्रथुम । पाँचथर र तेह्रथुमलाई जोड्ने मोटरेवल पुल ६ वर्षदेखि अलपत्र छ । लुम्वुघाटमा तमोर नदीमाथि निर्माणाधीन पुलको नौ वर्षअघि ठेक्का लागेको थियो । सम्झौता अनुसार तीन वर्षमा बनिसक्नुपर्ने पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । ठेकेदारको लापरबाहीका कारण समयमा निर्माण सम्पन्न नभएको भन्दै स्थानीय आक्रोशित हुन थालेका छन् । निर्माण कम्पनीले पुल अलपत्र अवस्थामा छाडेपछि जिल्लाबासीहरूले अख्तियार दुरुपयोग अन...
error: Content is protected !!