सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय ७० रुप...
धनकुटाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । सोमबार राति ११ः५५ बजे सहिदभूमि गाउँपालिका-७ साप्तिङटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका-७ का २३ वर्षीय अजित कार्की र सोही स्थानका १९ वर्षीय उज्वल राई छन् । मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको धनकुटाका प्रहर...
भोजपुरमा गुणस्तरीय काम गर्न निर्देशन दिने सव-इन्जिनियरमाथि सामूहिक आक्रमण

भोजपुरमा गुणस्तरीय काम गर्न निर्देशन दिने सव-इन्जिनियरमाथि सामूहिक आक्रमण

भोजपुर । भोजपुरमा पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर आनन्दकुमार साहमाथि कुटपिट भएको छ । निर्माणाधीन सडक आयोजनाको स्थलगत अनुगमनमा गएका उनलाई कामदारको समूहले आक्रमण गरेको हो । निर्माण कार्यको गुणस्तरबारे निर्देशन दिने क्रममा आयोजनामा कार्यरत कामदारको समूहले उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । भोजपुर-मानेभञ्ज्याङ-बैकुण्ठे–वासिखोरा-बालंखा-रानीटार सडकअन्तर्गत रामप्रसाद राई गाउँपालिका-७ मा...
धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्यका लागि तयार भए २० जना

धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्यका लागि तयार भए २० जना

धनकुटा । धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम दिइएको छ । विपद् सूचक तथा स्थानीय र नगर प्रहरीहरू गरी जम्मा २० जनालाई तालिममा दिइएको हो । तालिममा १३ जना पुरुष र ७ जना महिला सहभागि थिए । तालिममा विपद्को परिचय, बाढी पहिरो तथा पानीजन्य विपद्मा खोज, उद्धार, भूकम्प, आगलागी नियन्त्रण तथा सुरक्षा सम्बन्धी जानकारी गराइएका सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मका गुल्मपत...
पाख्रीबासको सोनवर्षा जंगलमा सडेको अवस्थामा पुरुषको शव फेला

पाख्रीबासको सोनवर्षा जंगलमा सडेको अवस्थामा पुरुषको शव फेला

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ सुनवालुवास्थित सोनवर्षा जंगलमा पुरुषको शव फेला परेको छ । मृतक पुरुषको परिचय खुल्न बाँकी छ । सोमबार साँझ करिब ७ः३० बजे जंगलमा मानिस मृत फेला परेको भनेर प्रहरीलाई जानकारी आएको थियो । जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरेर शवलाई जिल्ला अस्पताल धनकुटामा ल्याएको छ । प्रहरीका अनुसार मृतक पुरुष पहाडे मूलका र ४०/४५ वर्ष उमेरक...
पाँचथरको सरस्वती माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पाँचथरको सरस्वती माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-५ चोकमागुस्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा एक सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । आर्थिक कठिनाइका कारण विद्यार्थीको अध्ययन निरन्तरतामा देखिने चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री...
विराटनगरमा भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने तीन जना पक्राउ

विराटनगरमा भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने तीन जना पक्राउ

विराटनगर । विराटनगरमा भारतीय सवारी साधनका चालकहरूसँग अवैध रकम उठाउने तीन जना पक्राउ परेका छन् । विराटनगर-१५ स्थित सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनका चालकहरूसँग अवैध रूपमा रकम असुलेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका-१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर-१५ का ६७ वर्षीय नरेन्द्र थापा र विराटनगर-१ का ४४ वर्षीय सञ्जय केवटलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रव...
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार दु...
धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका कार्की धरौटीमा रिहा

धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका कार्की धरौटीमा रिहा

धनकुटा । धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा पक्राउ परेका पर्शुराम कार्की धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत धनकुटाले शुक्रबार कार्कीलाई ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेश बमोजिम धरौटी बुझाएपछि उनी रिहा भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-७ आन्द्रुङका कार्कीलाई प्रहरीले गत बुधबार उनकै निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि प्रह...
सुन-चाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ घटेको छ । आइतबार तोलामा चार हजार सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्...
धनकुटाबाट आलुको बोराभित्र लुकाएर लैजाँदै गरेको ७७५ किलाे गाँजासहित मिनी ट्रक चालक पक्राउ

धनकुटाबाट आलुको बोराभित्र लुकाएर लैजाँदै गरेको ७७५ किलाे गाँजासहित मिनी ट्रक चालक पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गमा ठूलो परिमाणको गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ७७५ किलोग्राम गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार धनकुटाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई शंका लागेर कोलबोटेमा रोकी जाँच गरिएको थिय...
आज असार १५ अर्थात धान दिवस : दही चिउरा खाएर मनाइँदै

आज असार १५ अर्थात धान दिवस : दही चिउरा खाएर मनाइँदै

विराटनगर । आज असार १५ अर्थात धान दिवस दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको ...
विद्युत प्राधिकरणले ल्यायो नयाँ प्रविधि, अब बत्ती नकाटी विद्युत लाइन मर्मत गरिने

विद्युत प्राधिकरणले ल्यायो नयाँ प्रविधि, अब बत्ती नकाटी विद्युत लाइन मर्मत गरिने

विराटनगर । नेपाल विद्युत प्राधिकरणले बत्ती नकाटी विद्युत लाइन मर्मत गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक आइतबार लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो । पहिलो पटक बुटवल उपमहानगरपालिका-११, कालिकानगरस्थित ११ केभी लाइनमा बत्ती नकाटी मर्मत गरिएको छ । सो अवसरमा तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी लाइन मर्मत सम्भार गरेका थिए । चालु ...
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर । विराटनगरका काँग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गुण्डागर्दी पृष्ठभूमिका गिरीलाई प्रहरीले आज बिहान करिब १० बजे नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिनुअघि प्रहरीले उनको घरमा छापा हानेको थियो । छापा हान्दा के फेला पर्यो र उनलाई किन पक्राउ गरियो भन्ने खुलेको छैन । मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले अनुसन्धानको कारण देखाउँदै यो विषय तत्काल खुलाउँन नमिल्...
जेनजी आन्दोलनमा विराटनगरमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

जेनजी आन्दोलनमा विराटनगरमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् । शुक्रबार जिल्ला अदालत माेरङमा हाजिर भएका अन्सारीलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान गरिएको हो । जेनजी आन्दाेलनमा आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही दिनमा हाजिरजमानीमा छुटेका उनीसहितल...
विराटनगरमा मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा भेटियो नक्कली हतियार

विराटनगरमा मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा भेटियो नक्कली हतियार

विराटनगर । विराटनगरमा आज साँझ मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकेर हिँडेको फेला परेपछि प्रहरीले हतियार नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका वडा नं.१३ सोमबारेबाट प्रहरीले नक्कली हतियार नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले साँझ करिब ६ः४५ बजे हतियार नियन्त्रणमा लिएको छ । सो हतियार जिल्ला प्रहरी कार्यालयमा ल्य...
झुटाे विवरणका आधारमा नागरिकता सिफारिस गरेकाे आराेपमा रंगेली-५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ

झुटाे विवरणका आधारमा नागरिकता सिफारिस गरेकाे आराेपमा रंगेली-५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ

विराटनगर । अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेली-५ का वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन् । रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेव पक्राउ परेका हुन् । प्रहरीका अनुसार मनुवाकुमार महतो नामका व्यक्तिले अधनुनिया महतो आफ्नी आमा भएको भनी नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए । उक्त व...
झापामा आफ्नै छोरीलाई करणी, जन्मिएको शिशु गाड्न लगाउने बुबा इलामबाट पक्राउ

झापामा आफ्नै छोरीलाई करणी, जन्मिएको शिशु गाड्न लगाउने बुबा इलामबाट पक्राउ

झापा । झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुलाई गाडेको अभियोगमा फरार भएका प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार इलामको सूर्याेदय नगरपालिका-१० फिक्कल बजारस्थित मन्त्र होटलबाट उनलाई पक्राउ गरेको हो । प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार...
संखुवासभाको मनकामना मन्दिर (फोटो फिचर)

संखुवासभाको मनकामना मन्दिर (फोटो फिचर)

धनकुटा । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङ्टार स्थित अरुण नदिको किनारमा अवस्थित मनकामना मन्दिरमा दैनिक भक्तजनहरूको भीड लाग्ने गरेको छ । मन्दिर पारी भोजपुरको षडानन्द नगरपालिका र वारी संखुवासभाको तुम्लिङटार क्षेत्र पर्छ । मनकामना मन्दिरको वारिपारि नै जमुनाका रुखहरू छन् । गायक खेमराज गुरुङले यही परिवेशलाई समेटेर वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना भन्ने चर्चित गीत गाएका छन् । ...
कोशीमा लागूऔषधविरुद्धको महाअभियान : एकैदिन १९ जना पक्राउ

कोशीमा लागूऔषधविरुद्धको महाअभियान : एकैदिन १९ जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत एकैदिन १९ जना पक्राउ परेका छन् । लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानमा बुधबार १९ जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १२६६ क्याप्सुल, ४ थान मोटरसाइकल, २ थान अटो र नगद १३ हजार २ सय ६० ...
अभ्यासका क्रममा ग्रिनेट बिस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, एक जना घाइते

अभ्यासका क्रममा ग्रिनेट बिस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीमा अभ्यासका क्रममा ग्रिनेट बम बिस्फोट हुँदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । सोही क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । लम्कीचुहा नगरपालिका-३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गे ब्यारेकमा अभ्यासको क्रममा ग्रिनेड बिस्फोट भएको हो । बिस्फोटमा परेर हुद्दा हिमालविक्रम बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते सहसेनानी हिमराज जोशीलाई थप उ...
सप्तकोसी नदीमा हाम फालेका धरानका पुरुषको शव फेला

सप्तकोसी नदीमा हाम फालेका धरानका पुरुषको शव फेला

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोसी नदीमा हाम फालेका पुरुषको शव फेला परेको छ । नदीमा हाम फालेका धरान उपमहानगरपालिका-५ झरना चोकका ४२ वर्षीय सरोज श्रेष्ठको शव फेला परेको हो । प्रहरीका अनुसार उनले बुधबार बिहान करिब ८ बजे पुलमाथि साइकल, चप्पल र मोबाइल फोन छाडेर सप्तकोसी नदीमा हाम फालेका थिए । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपु...
जीवन विकाससहित तीनवटा लघुवित्तबीच ऐतिहासिक मर्जर सम्झौता पारित

जीवन विकाससहित तीनवटा लघुवित्तबीच ऐतिहासिक मर्जर सम्झौता पारित

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी ऐतिहासिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्...
सुनसरीको बराहक्षेत्रबाट बेवारिसे गाँजा बरामद

सुनसरीको बराहक्षेत्रबाट बेवारिसे गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवन मेजर टोलबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजे प्लाष्टिकले बेरेर राखिएको अवस्थामा गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजाको तौल ६२ किलो रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । गाँजा कसले क...
सुनको मूल्य एकैदिन ५ हजार २ सय घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य एकैदिन ५ हजार २ सय घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला दुई सय ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय ३५ ...
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि साँझ साढे ७ बजेबाट मतदान हुने

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि साँझ साढे ७ बजेबाट मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । पार्टीका प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट मतदान सुरु हुने जानकारी दिए । रास्वपाको महाधिवेशन गत आइतबारबाट सुरु भएको थियो । महाधिवेशन ९ गतेसम्मका लागि तय भएपनि समय लम्बिन पुगेको छ । आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहर...
धनकुटामा पत्रकारलाई धम्की दिने काँग्रेस क्षेत्रीय सदस्य कार्की पक्राउ

धनकुटामा पत्रकारलाई धम्की दिने काँग्रेस क्षेत्रीय सदस्य कार्की पक्राउ

धनकुटा । धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा काँग्रेस क्षेत्रीय सदस्य पर्शुराम कार्की पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ घर भएका कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनले रेडियो धनकुटा एफएमका स्टेसन मेनेजर गोपाल बराइलीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की दिएको आरोप छ । उनलाई आज बिहान घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजितकारले जानकारी दिए ।  ‘उहाँलाई ...
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड ४७ लाख

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड ४७ लाख

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ । महानगरले कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो । आज नगरसभाको बैठकमा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षको आय-व्ययको अनुमानित विवरणका साथै चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको बजेट समीक्षा समेत प्रस्तुत गरेकी छन् । सार्वजनिक गरिएको बजेटको आम्दानी सङ्घीय...
मदिरा खाएर श्रीमतीमाथि चिर्पट प्रहार, ३७ वर्षीया मुनाको गयो ज्यान 

मदिरा खाएर श्रीमतीमाथि चिर्पट प्रहार, ३७ वर्षीया मुनाको गयो ज्यान 

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-५ रातामाटामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ४१ वर्षीय यमबहादुर कुमालले ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पट प्रहार गरेर हत्या गरेका हुन् । गम्भीर घाइते भएकी मुनालाई अचेत अवस्थामा उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनको उपचारकै क्रममा आज बिहान चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनामा संलग्न यमबहादुरलाई प्रह...
अबदेखि प्रहरीको तलब पनि १५ दिनमा

अबदेखि प्रहरीको तलब पनि १५ दिनमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि नेपाल प्रहरीलाई पनि १५ दिनमा तलब दिने भएको छ । प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो । परिपत्रमा अर्थमन्त्रीस्तरीय निर्णय तथा महालेखा नियन्त्रक कार्यालय...
भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ । सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा बाँदरलाई बन्ध्याकरण गर्ने भएको हो । गाउँपालिकाले गाउँसभाको १९ औँ अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार...
error: Content is protected !!