
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला दुई हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













