संगालोखबर


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी प्रदान गरेका हुन् ।

भदौ १३ को मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई आजबाट लागुहुनेगरि प्रहरी प्रमुखमा नियुक्त गरिएको थियो ।

Advertisement

नवनियुक्त आईजीपी खापुङले प्राप्त जिम्मेवारीलाई निष्ठापूर्ण रूपमा निर्वाह गर्ने प्रतिवद्धता जनाए । खापुङले पदभार ग्रहण गरिसकेका छन् । २०५२ कात्तिक २७ मा निरीक्षकबाट सेवा प्रवेश गरेका खापुङ ३० वर्षे सेवा अवधिका कारण २०८२ कात्तिक २७ मा अवकासमा जाने छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!