संगालोखबर


विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला तीन हजार रुपैयाँ बढेको सुन दुई लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज पनि चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । तोलामा ४५ रुपैयाँले बढेको चाँदी दुई हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!