झापामा जेसीबीको बकेटबाट खस्दा एक जनाको मृत्यु
विराटनगर । झापा नगरपालिका-४ ताराबारी चोकमा केबलको तार जोड्ने क्रममा जेसीबीको बकेटबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एसियन हाइवेमा जेबी टुण्डी कन्स्ट्रक्सनको जेसीबीको बकेटमा चढेर तार जोड्ने क्रममा लडेर सोही हाइवेमा काम गर्ने कामदारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रौतहटको चन्द्रनिगाहापुर-१० घर भएका २० वर्षीय सञ्जय महतोको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो दुर्घटनामा परेर ...































