
विराटनगर । बाढी पूर्वानुमान महाशाखाले कोशीका १४ सहित २० जिल्लामा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ । गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले ‘रेड अलर्ट’ जारी गरेको हो ।
महाशाखाको सूचना अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना छ ।
यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
साथै आज कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

संगालोखबर 













