
विराटनगर । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाले आज टीका र जमरा सहित आशीर्वाद थाप्ने चलन छ ।
दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार हिजोमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ ।
आजदेखि विशेषगरी माइती, मावली, ससुराली लगायतमा टीका थाप्न जाने चलन छ । कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न गरिन्छ ।

संगालोखबर 













