
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा किनबेच भएको थियो ।

संगालोखबर 
















