संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा सोमबार सुन-चाँदीको भाउ घटेको छ । आइतबार तोलामा चार हजार सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर चार हजार तीन सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!