- रबिन कटेल

बिराटनगर, २५ माघ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार थालिएपछि नोबेल अस्पतालमा बिरामीको चाप बढेको हो ।

जर्मन, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालेपछि अस्पतालमा न्यूरोका बिरामीको संख्या बृद्धि भएको हो । नोबेल अस्पतालमा अहिले दैनिक करिव डेढसय न्यूरोका बिरामी उपचारका लागि आउँने गरेको अस्पतालका न्यूरोसर्जन डा. प्रकाश काफ्लेले जानकारी दिए ।

नोबेलमा उपचाररत बिरामीहरु ।

उनका अनुसार अहिले न्यूरोलोजी (न्यूरो फिजिसियन) मा दैनिक करिव १ सय र न्युरो सर्जरीमा करिव ५० जना बिरामी आउने गरेका छन् । यो संख्या क्रमिक रुपमा बढ्दै गएको छ । सुरुवाती चरणमा न्यूरोलोजीमा करिव ४० र न्यूरो सर्जरीमा करिव १० जना मात्र बिरामी आउने गरेको भएपनि अहिले क्रमिक रुपमा बिरामीको संख्या बृद्धि भएको अस्पताल स्रोतले जनाएको छ ।

सुरुमा बिराटनगर आसपास क्षेत्रबाट मात्र न्यूरोका बिरामी आउने गरेका थिए । तर, अहिले ईलाम, धनकुटा, सुनसरी, उदयपुर, काठमाडौं, पोखरा, सिलगुढी लगायत स्थानबाट पनि न्यूरोका बिरामी आउने क्रम बढ्दै गएको अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले बताए । ‘सवै क्षेत्रबाट बिरामी आउँने क्रम बढ्दै गएको छ ।’ अधिकृत राईले भने –‘गुणस्तरीय उपचार पाएपछि बिरामीको चाप बढ्नु स्वभाविक पनि हो ।’

उपचारमा खटिएका डाक्टरहरु ।

अस्पतालमा गत पुस अन्तिमबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको हो । अत्याधुनिक न्यूरो सर्जरीका लागि गत बर्षदेखिनै तयारी थालिएको थियो । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु भएपछि अव जटिल प्रकारका बिरामीहरू उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको दावी छ ।

स्वदेशमै गुणस्तरीय उपचार पाउँनुमात्र नभएर सर्वसुलभ र सहज रुपमा उपचार गराउँन पाएपछि बिरामीले पनि खुसी ब्यक्त गरेका छन् । ढाडको नसा सम्बन्धी रोगको उपचारका लागि नोबेलमा आएकी सुन्दरहरैचा–९ सलकपुरकी सुभद्रा न्यौपानेले आफ्नै ठाउँमा स्तरीय उपचार पाउँदा खुशी लागेको प्रतिक्रिया दिईन् । ‘पूर्वमा राम्रो उपचार नपाउँदा काठमाडौ गएर उपचार गराउँदै आएकी थिए ।’ न्यौपानेले खुसी हुँदै भनिन् ‘अव न्युरोको उपचार नोबेलमै राम्रोसँग हुँन थालेकाले धेरै सहज भएको छ ।’ काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएकाले धेरै सहज महसुस भएको न्यौपानेको भनाई छ ।

बिरामीको परिक्षण गरिदै ।

न्यूरो विभागमा डा. आइप चेरियनको नेतृत्वमा फिनल्यान्डका प्रो. जुवा हरनेन्सिएमी, रसियन डा. सेरगी, सुनिल मुनाकोमी, डिल्ली काफ्ले, प्रमोद चौधरी, जगदीश थिङगुजा, विनोद फेलेक्स, बिजय केसी, दिपक पौडेल, निरज मास्के र इन्डोनेसियाका डा. फिट्रिलगायतको टोली न्युरोसम्बन्धी उपचारमा खटिएका छन् ।

न्युरोका लागि मात्रै एक सयवटा बेड छुट्याएको नोबेलले न्यूरोका बिरामीहरुको सहजताका लागि अस्पताल परिसरमै छुट्टै फार्मेसीकोसमेत व्यवस्था गरेको छ ।

उपचाररत बिरामीहरु ।

न्यूरो सर्जरी सेवाका लागि मात्र नोबेलले करिव डेढ अर्व लगानी गरेको छ । गुणस्तरीय उपचार सेवाका लागि नोबेलले कुनै कसर बाँकी नराख्ने अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिएकी छन् ।

थप तस्वीरहरु हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!